बिरामी बोकेको हेलिकोप्टर खेतमा अवरतण

nepaltathya_news nepaltathya_news
|
बुधबार, श्रावण १६, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   बिरामी बोकेर डोल्पाबाट नेपालगञ्जका लागि उडेको नेपाली सेनाको हेलिकोप्टर सुर्खेतमा आकस्मिक अवतरण गरिएको छ।
  • लेक लागेर बिरामी भएका सशस्त्र प्रहरीका असई नरबहादुर बीसीलाई डोल्पाबाट उपचारका लागि नेपालगञ्ज लगिँदै थियो।
  • मौसम खराब भएपछि लेकवेशी नगरपालिका-६ मा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले बताए।

 

बिरामी बोकेर डोल्पाबाट नेपालगञ्जका लागि उडेको नेपाली सेनाको हेलिकोप्टर सुर्खेतमा आकस्मिक अवतरण गरिएको छ।

लेक लागेर बिरामी भएका सशस्त्र प्रहरीका असई नरबहादुर बीसीलाई डोल्पाबाट उपचारका लागि नेपालगञ्ज लगिँदै थियो। मौसम खराब भएपछि लेकवेशी नगरपालिका-६ मा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले बताए। सैनिक हेलिकोप्टर साढे १२ बजेतिर खेतमा अवतरण गरिएको हो। मौसममा केही सुधार आएपछि अहिले हेलिकोप्टरलाई सुर्खेत विमानस्थल ल्याइएको डीएसपी विश्वकर्माले बताए।

 

बिरामी सशस्त्र प्रहरीका असई बीसीलाई उपचारको लागि एम्बुलेन्स मार्फत प्रदेश अस्पताल, कालागाउँ लगिएको छ। उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

९० प्रतिशतले घट्यो एनआइसी एसिया बैंकको नाफा
एकै दिन कैलालीबाट लागू औषधसहित ९ जना पक्राउ
मधेसवादी दलका नेताहरुको दोहोरो चरित्रका कारण मधेस उजाड : प्रभु साह
सुदूरपश्चिमका मुख्यमन्त्री भारतको औपचारिक भ्रमणमा जाँदै
गुल्मीमा एक जना पुरुष मृत फेला
इनिसा विक ह*त्यको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग
रविलाई दुई दिन प्रहरी हिरासतमै राखिने, त्यसपछि कारागार चलान
सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकताः नेता निधि
टी २० विश्वकप : पाकिस्तानलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा
पृथ्वी जयन्तीको अवसरमा ओलीको सन्देश : आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य आवश्यक