अपरेशन सिन्दुरमा १ सय आतंककारी मारिए : रक्षामन्त्री सिंह
सारांश
- २५ वैशाख, काठमाडौं– ‘ अपरेशन सिन्दुर’ नामक सैन्य कारवाहीका क्रममा पाकिस्तानमा १ सयभन्दा धेरै आतंककारी मारिएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले बताएका छन् ।
- राजधानी नयाँ दिल्लीमा आयोजित सर्वदलीय बैठकमा मन्त्री सिंहले यस्तो जानकारी दिएका हुन् ।
- उनले सैन्य कारवाही अझै जारी रहेको बताउँदै यसबारे थप विवरण दिन नसकिने स्पष्ट पारे ।

२५ वैशाख, काठमाडौं– ‘
अपरेशन सिन्दुर’ नामक सैन्य कारवाहीका क्रममा पाकिस्तानमा १ सयभन्दा धेरै आतंककारी मारिएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले बताएका छन् । राजधानी नयाँ दिल्लीमा आयोजित सर्वदलीय बैठकमा मन्त्री सिंहले यस्तो जानकारी दिएका हुन् ।

उनले सैन्य कारवाही अझै जारी रहेको बताउँदै यसबारे थप विवरण दिन नसकिने स्पष्ट पारे । उनले तनावलाई अझ बढाउने भारतको उद्देश्य नरहेको पनि बताएका छन् । भारत सरकारका युनियनमन्त्री किरण रिजिजुले बैठकमा सहभागी सबै राजनीतिक दलले सरकारको समर्थन गरेको जानकारी दिएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया