पाकिस्तानमाथिकाे हवाई आक्रमणमा १०० जना बढी आतंककारी मारिएको भारतको दाबी

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख २४, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २४ वैशाख, नयाँदिल्ली ।
  • भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरका ९ स्थानमा हवाई आक्रमण गर्दा १०० जनाभन्दा बढी आतंककारी मारिएको दाबी गरेको छ ।
  • भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार भारतले पाकिस्तानका बहावलपुर, मुरीदके, गुलपुर, सवाई, बिलाल, कोटली, बरनाला, सरजाल र महमूनामा आक्रमण गर्दा १०० भन्दा बढी आतंककारी मारिएका छन् ।

 

२४ वैशाख, नयाँदिल्ली ।

भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरका ९ स्थानमा हवाई आक्रमण गर्दा १०० जनाभन्दा बढी आतंककारी मारिएको दाबी गरेको छ । भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार भारतले पाकिस्तानका बहावलपुर, मुरीदके, गुलपुर, सवाई, बिलाल, कोटली, बरनाला, सरजाल र महमूनामा आक्रमण गर्दा १०० भन्दा बढी आतंककारी मारिएका छन् ।

आतंककारीहरु लुकेका ठाउँहरूलाई निशाना बनाइएको भारतको रक्षा मन्त्रालयले जनाएको छ । पहलगाम आक्रमणको १५ दिनपछि गएराति भारतते पाकिस्तानमाथि निशाना साँधेर आक्रमण गरेको हो । तर, कुनै पनि पाकिस्तानी सैन्य स्थानलाई केन्द्र नबनाइएको प्रष्ट पारेको छ । तर, यता आक्रमणबाट आठ जनाको मृत्यु भएको पाकिस्तानले दाबी गरेको छ । पाकिस्तानी सैन्य प्रवक्ताले रोयटर्स र एएफपी समाचार संस्थालाई दिएको जानकारी अनुसार भारतले पाकिस्तानमा गरेको आक्रमणमा मृत्यु हुने नागरिकको संख्या ८ पुगेको छ भने ३५ जना घाइते भएका छन् । दुई जना हराइरहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?