ब्राजिलमा विमान दुर्घटना , पाइलटसहित १० जनाको ज्यान गयो

nepaltathya_news nepaltathya_news
|
सोमबार, पौष ८, २०८१
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   ८ पुस, ब्राजिलको दक्षिणी क्षेत्र ग्रामाडो शहरमा भएको निजी विमान दुर्घटनामा पाइलटसहित १० जनाको ज्यान गएको छ ।
  • दुर्घटनामा एक जना पाइलट र एकैपरिवारका नौ सदस्यको ज्यान गएको समाचार संस्था एएफपीले जनाएको छ ।
  • विमान दुर्घटना भएर बस्तीमा खस्दा एउटा घरको चिम्नी, अर्को एउटा घर र पसलमा समेत क्षति पुगेको छ ।

 

८ पुस, ब्राजिलको दक्षिणी क्षेत्र ग्रामाडो शहरमा भएको निजी विमान दुर्घटनामा पाइलटसहित १० जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना पाइलट र एकैपरिवारका नौ सदस्यको ज्यान गएको समाचार संस्था एएफपीले जनाएको छ ।

विमान दुर्घटना भएर बस्तीमा खस्दा एउटा घरको चिम्नी, अर्को एउटा घर र पसलमा समेत क्षति पुगेको छ । दुर्घटनामा विमान बाहिर रहेका १७ जना घाइते भएका रियो ग्रान्डे डो सुल राज्यको सुरक्षा सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।  यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ । खराब मौसमकाबीच विमानले उडान भरेको थियो ।

विमान तीन किलोमिटर उडेपछि हिजो मानव बस्तीमा खसेको थियो । विमान रियो ग्रान्डे डो सुलको अर्को पर्यटकीय शहर क्यानेलाबाट उडेको थियो । ग्रामाडो ब्राजिलको एक लोकप्रिय पर्यटक शहर हो, जहाँ क्रिसमसको मौसममा पर्यटकहरूको उल्लेखनीय उपस्थिति हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनगढीमा मृत भेटिएकी युवतीको ह*त्या आशंका, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु
सर्लाहीमा साइकलयात्रीलाई ठक्कर दिने बसमा स्थानीयले गरे आगजनी
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
१५७ कम्पनीको शेयर मूल्यमा गिरावट, ११.२४ अंकले घट्यो नेप्से,
माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक आज बस्दै
वीरगन्जमा सीसीटीभी जडानका लागि बैंकले गरे १७ लाख ७५ हजार सहयोग
प्रवासी श्रमिकहरुलाई मतदानको व्यवस्था गर्न ट्रेड युनियन कांगे्रसको माग
यू-१९ महिला विश्वकपः १८ बलमा २ रन बनाएर आउट भइन् कप्तान पूजा
भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो
एसीसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै