रारा तालको डाँफे होटेलमा आगलागी, चार भवनमा क्षति

nepaltathya_news nepaltathya_news
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   १५ फागुन,  मुगु : बुधबार राती १२ बजे मुगुस्थित रारामा रहेको डाँफे होटेलमा आगलागी भएको छ।
  • आगलागीबाट होटेलका भवन सहित ९४ वटा विस्तारा, किचनका सरसामान सबै जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
  • आगो नियन्त्रणका लागि निकुञ्ज सुरक्षाका लागि खटिएका नेपाली सेना, निकुञ्ज रक्षक, कर्मचारी, नेपाल प्रहरी र शसस्त्र प्रहरी खटिएको थियो।

 

१५ फागुन,  मुगु : बुधबार राती १२ बजे मुगुस्थित रारामा रहेको डाँफे होटेलमा आगलागी भएको छ। आगलागीबाट होटेलका भवन सहित ९४ वटा विस्तारा, किचनका सरसामान सबै जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आगो नियन्त्रणका लागि निकुञ्ज सुरक्षाका लागि खटिएका नेपाली सेना, निकुञ्ज रक्षक, कर्मचारी, नेपाल प्रहरी र शसस्त्र प्रहरी खटिएको थियो।,नेपाली सेनाले राराको होटेलमा आगलागी भएको जानकारी गराएपछि जिल्ला सदरमुकाम गमगढिबाट प्रहरी नायब निरीक्षक दिपक केसीको नेतृत्वमा १५ जना प्रहरी टोली रारा पुगेको थियो। प्रारम्भिक अनुसन्धानमा होटेलको भान्साबाट आगलागी सुरू भएको प्रहरीको अनुमान छ।

आगलागीपछि भान्सामा रहेका खाना पकाउने ग्यास पड्कदा अन्य तीन भवनमा समेत आगो फैलिएको प्रहरीको भनाइ छ। रारा घुम्न आएका १०० जना बढी पाहुनालाई होटलबाट उद्दार गरि प्रहरी, सेना र सशस्त्र प्रहरीले नजिकै रहेको माझघट्टका होटेल, नेपाली सेनाको ब्यारेक,निुकञ्ज कार्यालयमा सारिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?