ब्राउन सुगरसहित २ जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
सोमबार, बैशाख १५, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • १५ वैशाख, झापा ।
  • झापा र मोरङका विभिन्न स्थानबाट लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा मोरङको बेलवारी- ४ का २८ वर्षीय विपुल विष्ट छन् ।

१५ वैशाख, झापा ।

झापा र मोरङका विभिन्न स्थानबाट लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको बेलवारी- ४ का २८ वर्षीय विपुल विष्ट छन् । उनलाई प्रहरीले ब्राउन सुगर ३ ग्राम ३५ मिलिग्रामसहित पक्राउ गरेको हो । मोरङको विराटनगर महानगरपालिका- १६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले  प्र १-०२ ०४० प ८६१९ नम्बरको स्कुटरमा आउँदै गरेका विष्टलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसैगरी १ ग्राम ३ सय ७० मिलिग्राम ब्राउन सुगरसहित झापाको मेचीनगर नगरपालिका- ६ का  ३० वर्षीय अविनाश ढकाल पक्राउ परेका छन् । उनलाई झापाको मेचीनगर नगरपालिका- ६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०१-००२ ह २३६६ नम्बरको सिटि सफारीसहित नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?