मध्यराति डडेलधुरामा बस दुर्घटना: यी हुन् मृतक र घाइते (नामावली)

nepaltathya_news nepaltathya_news
|
बुधबार, आश्विन ३०, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • ३० असोज ,डडेलधुरामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
  • मंगलबार मध्यराति डडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा बस दुर्घटना भएको हो।
  • जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार मृत्यु हुनेमा बैतडी पुर्चौडी नगरपालिका–३ की ४५ वर्षीया जैमती बोहरा, सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा, २० वर्षीया कमला बोहरा र उनका नाबालक छोरा छन्।

३० असोज ,डडेलधुरामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। मंगलबार मध्यराति डडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा बस दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार मृत्यु हुनेमा बैतडी पुर्चौडी नगरपालिका–३ की ४५ वर्षीया जैमती बोहरा, सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा, २० वर्षीया कमला बोहरा र उनका नाबालक छोरा छन्। कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी पुर्चौडीर्फ गइरहेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस गएराति साढे ११ बजे खस्रेखानमा सडकबाट करिब साढे तीन सय मिटर तल खसेर दुर्घटना भएकाे हाे। दुर्घटनामा १६ जना घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर छ। प्रहरीका अनुसार ९ जना मध्यम र २ जना सामान्य घाइते छन्।

यी हुन् घाइते 
१) चालक ऐ.ऐ. बस्ने वर्ष २४ को वीरेन्द्र बोहरा (दुबै आँखा, मुख, टाउको, दाहिने खुट्टामा चोट) अवस्था सिरियस, धनगढी तर्फ रिफर गरेको।

२) जि.डडेल्धुरा आलिताल गा.पा. १ बस्ने वर्ष २१ को मुकुन्द बोहरा (कम्मर, टाउको, मुखमा चोट ) अवस्था मध्यम। धनगढी तर्फ रिफर।

३) जि.बैतडी पुर्चौडी न.पा. ७ बस्ने वर्ष २४ को नवराज साउँद (बाँया आँखा, टाउको, कम्मरमा चोट) अवस्था मध्यम।

४) ऐ.ऐ. वडा न. ६ बस्ने वर्ष २४ को राजेन्द्र साउद (दुवैहात, खुट्टा, टाउकोमा चोट) अवस्था मध्यम।

५) जि. कञ्चनपुर कृष्णपुर न.पा. ५ बस्ने पर्ष ६५ कि धनमति साउँद (आँखा, बाँया खुट्टा निधार, कम्मरमा चोट ) अवस्था मध्यम।

६) जिल्ला बैतडि पुर्चौडि न.पा. ८ बस्ने वर्ष ४२ को पदम बहादुर बोहरा (कम्मर, टाउकोमा चोट) अवस्था मध्यम।

७) ऐ.ऐ. वडा न. ७ बस्ने वर्ष २८ को नवराज सिंह रतुकी (टाउको, कम्मर, छातिमा चोट ) अवस्था मध्यम।

८) ऐ.ऐ. बस्ने वर्ष २० को सुरेन्द्र रतुकी (अनुहार, कम्मर, टाउकोमा चोट ) अवस्था मध्यम।

९) ऐ.ऐ. वडा न. १० बस्ने बर्ष ४० को दामोदर महरा (कम्मर, छाती, मुखमा चोट ) अवस्था मध्यम।

१०) ऐ.ऐ बस्ने १० बस्ने वर्ष अन्दाजी २५/२६ को धन बहादुर महरा। टाउकोमा चोट अवस्था मध्यम।

११) जि. कञ्चनपुर कृष्णपुर न.पा. ४ बस्ने वर्ष २५ को दिनेश साँउद (छाति ,टाउकोमा चोट) अवस्था सामान्य।

१२) जिल्ला दार्चुला मार्मा गा.पा. ५ बस्ने वर्ष ३५ कि बिमला महता (दाहिने हात, खुट्टामा चोट) अवस्था सामान्य।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक सातामै थपिए ७१९ डेंगु सङ्क्रमित
जनताको भरोसा र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर काम गर्ने छु: अध्यक्ष ज्ञवाली
काठमाडौंका प्रमुख जिल्ला अधिकारी आचार्यको पद धरापमा
राज्य व्यवस्था समितिको सभापतिमा एमालेको दाबी नहुने
मधेशमा विपदमा काम गर्न ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते तालिम
सभामुखद्वारा प्रतिनिधिसभामा उठेका विषयहरूप्रति सरकारको ध्यानाकर्षण
बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल
बागमतीमा कांग्रेसका खानेपानी मन्त्रीले दिए राजीनामा
लेबनानमा इजरायली हवाई आक्रमणमा ३४ जनाको मृत्यु, ८० घाइते
घुमुवा प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयको परिपत्र