काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा

nepaltathya_news nepaltathya_news
|
आइतबार, बैशाख १४, २०८२
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  •   १४ वैशाख, काठमाडौं ।
  •   अहिले काठमाडौं उपत्यकासहित पहाड र तराईंका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ ।
  • पश्चिमी तथा स्थानीय वायु तथा बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

१४ वैशाख, काठमाडौं । 

अहिले काठमाडौं उपत्यकासहित पहाड र तराईंका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । पश्चिमी तथा स्थानीय वायु तथा बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली बाहेक सबै प्रदेशका तराई क्षेत्रका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भएको हो ।

कर्णालीसहित सबै प्रदेशका पहाडी केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ । हिमाली भू-भागका थोरै स्थानमा पनि अहिले कालो बादल लाग्नुका साथै हल्का वर्षा र हिमपात भएको छ । मौसमविद गोविन्द झाका अनुसार, लगातार पानी नपरेपनि यो क्रम दुई तीन दिनसम्म जारी रहनेछ । आज राति पनि काठमाडौं उपत्यकासहितका स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताउँदै झाले पछिल्लो केहीदिन बढेको गर्मीका कारण बङ्गालको खाडिबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले पानी परेको जानकारी दिए ।

आज राती कोशी र मधेश प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको झाले बताए । पछिल्लो २४ घण्टामा काठमाडौंमा ८.४ मिलिमिटर वर्षा भएको ।  पाल्पा, धादिङलगायतका क्षेत्रमा पनि ८ मिलिटिरभन्दा बढी पानी परेको मौसमविद झाको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक दुर्घटनामा एक सैनिक जवानको मृत्यु
सिरहाको गोलबजारमा रास्वपा सभापति रवि लामिछानेलाई भव्य स्वागत
बगरमा गाडेको अवस्थामा भेटियो ११ सय किलो गाँजा
एक दशकअघि ओली प्रधानमन्त्री हुँदा सारिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै
सिंहदरबारको दक्षिण गेटमा कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा ६ जना पक्राउ
जेन जी आन्दोलन- प्रचण्डसहित यी १९ माओवादी नेताको घरमा आगजनी र तोडफोड (सूचीसहित)
सयभन्दा बढी उजुरी अध्ययनका लागि ७ सदस्यीय समिति गठन
यस्तो छ तपाइको आजको राशिफल
२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड
राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी, एकको आकस्मिक शल्यक्रिया