राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी, एकको आकस्मिक शल्यक्रिया
सारांश
- १५ चैत, काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी छ।
- राजावादी आन्दोलनका क्रममा गोली लागेको एकको अवस्था गम्भीर छ।
- अस्पतालका निर्देशक बद्री रिजालका अनुसार ती व्यक्तिको पेटमा गोली लागेको छ र आकस्मिक शल्यक्रिया भइरहेको छ।

१५ चैत, काठमाडौं–
राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी छ। राजावादी आन्दोलनका क्रममा गोली लागेको एकको अवस्था गम्भीर छ।

अस्पतालका निर्देशक बद्री रिजालका अनुसार ती व्यक्तिको पेटमा गोली लागेको छ र आकस्मिक शल्यक्रिया भइरहेको छ। अर्का एक जनाको भने कुममा गोली लागेको छ। अन्य दुईजना भने झडपमा परी घाइते भएकाहरु हुन्।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया