मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ ४, २०८१
|
|
९ पटक हेरिएको
Shares

सारांश

  •   ४ जेठ, काठमाण्डाै।
  • सरकारले प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।
  • पछिल्लो मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान मन्त्रिपरिषद्का सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

 

४ जेठ, काठमाण्डाै। सरकारले प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।

पछिल्लो मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान मन्त्रिपरिषद्का सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिनुभयो । त्यसैगरी सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा. डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै श्रमजीवि पत्रकारहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा सङ्गीता खड्कालाई नियुक्त गर्ने निर्णय पनि भएकाे छ । उहाँ यसअघि पनि त्याे पदमा हुनुहुन्थ्यो ।मन्त्री शर्माले स्विट्जरल्यान्डकाे जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई पठाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको बताउनुभयाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
पराजयबारे कांग्रेसमा छुट्टाछुट्टै तर्क : बीबीसीको भिडियो, नेताका घरमा पैसा जलेको भिडियो, नेताहरूको असहयोग
भोटेबहालमा बसको ठक्करबाट २ जना भारतीय नागरिकको मृ*त्यु
बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
गणतन्त्रका पक्षमा संविधान संशोधन गरिने छ : प्रधानमन्त्री
गोडैता उखु आगलागी पीडित किसानलाई राहत माग्दै कृषि मन्त्रालयमा ज्ञापनपत्र
नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह
सामाजिक सञ्जालमा तीतो पोख्दै एमाले नेताहरू
विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्दै
भुइँमै कार्यपालिकाको बैठक