प्रधानमन्त्रीले २८ वैशाखमा संसद्‍मा जवाफ दिने

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १२ वैशाख, काठमाडौं ।
  • वैशाख २८ गते प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् ।
  • प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर अनुसार यही १९ वैशाखमा संसद्‍मा आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

 

१२ वैशाख, काठमाडौं ।

वैशाख २८ गते प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् । प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर अनुसार यही १९ वैशाखमा संसद्‍मा आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नेछन् ।

नीति तथा कार्यक्रममाथि संसद्मा ५ दिन (२२, २३, २४, २५, २६ गते) छलफल हुनेछ । २८ वैशाखमा प्रधानमन्त्रीले जवाफ दिने गरी कार्यक्रम प्रस्तावित छ । २८ वैशाखमा नै संसद्‍मा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । यसलाई प्रीबजेट छलफलको रुपमा लिइन्छ । ३१ वैशाखसम्म प्रीबजेट छलफल जारी रहनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कप्तान पूजाको सानदार शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य
आजको लागि विदेशी मुद्राको विनिमय दर
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे उत्तराखण्डका ३ मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
३ हजार नाघेर झर्‍यो सेयर बजार, साढे २६ अर्बको कारोबार
चार वटा प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
राष्ट्रिय परिचय पत्र लिन गएका वृद्धको सिडिओ कार्यालयमा लडेर मृत्यु
संसदमा आज प्रधानमन्त्री र सांसदहरूबीच प्रत्यक्ष प्रश्नोत्तर हुने
एसीसी यू-१६ क्रिकेट : जापानविरुद्ध टस हारेर नेपाल बलिङ गर्दै
दानव नदीमा बेपत्ता दुई बालकको श*व भेटियो