एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख १०, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   १० वैशाख, काठमाडौं एनएमबी बैंकको प्रमुखकार्यकारी अधिकृत (सीईओ) को कार्यभार आजबाट गोविन्द घिमिरे औपचारिक रूपमा सम्हाल्नुभएको छ ।
  • तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गर्नु भएका घिमिरे विगत १६बर्ष देखि यस एनएमबी बैंकसँग आबद्ध हुनुहुन्छ ।
  • बैंकको विभिन्न विभाग तथा शाखासमेतको नेतृत्व गर्नु भई कार्य अनुभव हासिल गर्नु भएका गोविन्द घिमिरे यस अघि बैंकको नायव प्रमुखकार्यकारी अधिकृत हुनुहुन्थ्यो ।

 

१० वैशाख, काठमाडौं

एनएमबी बैंकको प्रमुखकार्यकारी अधिकृत (सीईओ) को कार्यभार आजबाट गोविन्द घिमिरे औपचारिक रूपमा सम्हाल्नुभएको छ । तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गर्नु भएका घिमिरे विगत १६बर्ष देखि यस एनएमबी बैंकसँग आबद्ध हुनुहुन्छ । बैंकको विभिन्न विभाग तथा शाखासमेतको नेतृत्व गर्नु भई कार्य अनुभव हासिल गर्नु भएका गोविन्द घिमिरे यस अघि बैंकको नायव प्रमुखकार्यकारी अधिकृत हुनुहुन्थ्यो ।

उहाँले बैंकको सेवा विस्तार र सुधारमा महत्वपूर्ण योगदान दिई आउनु भएको छ ।उहाँको योगदान बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यमा विशेषरूपले महत्वपूर्ण रहँदै आएका छन् । उहाँले एनएमबि बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमाआधारित सेवाविस्तार गर्न र दिगो बैंकिङ अभ्यासलाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाउनु भएको छ । उहाँको बैंकिङ अनुभवले एनएमबि बैंकलाई थप प्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको केन्द्रीय सदस्यमा स्वास्थ्य क्षेत्रबाट डा.गौतम उम्मेदवार
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल
पत्रकार महासंघको आन्दोलन घोषणा, अनलाइन मिडिया दर्ता खुलाउन माग
महोत्तरीमा इँटाले हानेर एक युवकले गरे श्रीमतीको हत्या
कर्णालीका एक दर्जन स्थानीय तहले करार कर्मचारी नराख्ने
बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्न सिके राउतको माग
आज १८ औँ लोकतन्त्र दिवस मनाइदै
काबिल पूर्वन्यायाधीशलाई तीन मन्त्रालय
सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भत्र्सना