शिक्षा मन्त्रालयमा मेरो रुचि पनि छैन, विज्ञता पनि छैन : डा. शाक्य

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख ९, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   ९ वैशाख, काठमाडौं ।
  • एमाले सांसद विद्या भट्टराईले शिक्षा मन्त्री पदबाट राजीनामा दिएपछि अब शिक्षा मन्त्री को बन्ला भन्ने चासो भइरहेको छ ।
  • यही सन्दर्भमा कतिपयले राष्ट्रिय सभा सदस्य डा.

 

९ वैशाख, काठमाडौं ।

एमाले सांसद विद्या भट्टराईले शिक्षा मन्त्री पदबाट राजीनामा दिएपछि अब शिक्षा मन्त्री को बन्ला भन्ने चासो भइरहेको छ । यही सन्दर्भमा कतिपयले राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्य सम्भावित शिक्षा मन्त्रीको रुपमा प्रचार गरिरहेका छन् । डा. शाक्य चाहिँ के भन्छिन् ? हामीले यो जिज्ञासा शाक्यलाई राखेका थियौं । उनले तत्काल मन्त्री नबन्ने बताइन् ।

डा. शाक्यले   भनिन्, ‘शिक्षा मन्त्रालयमा मेरो रुचि पनि छैन, विज्ञता पनि छैन ।’ कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीले अन्जान शाक्यलाई शिक्षा मन्त्री बनाउन चाहेको समाचार लेखेका छन् । शाक्यले भने त्यसलाई ‘भ्रामक र कपोलकल्पित’ भनेर टिप्पणी गरिन् । उनले आफू भर्खरै अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएको भन्दै उनले तत्कालका लागि यही जिम्मेवारी निर्वाह गर्ने बताइन् ।

अहिले मेरो पहिलो कर्तव्य उक्त संस्थामा गरेका प्रतिबद्धता पूरा गरी नेपालको प्रतिष्ठा विश्व जगतमा थप उच्च पार्ने हो,  राष्ट्रिय सभाको विज्ञ सदस्यको हैसियतले अहिले ऐन कानुन बनाउने हो’, उनले भनिन्, ‘त्यसैले अहिले तुरुन्तै मन्त्री भएर अहिलेका यी आफ्ना कर्तव्यबाट विमुख हुनुहुन्न भन्नेमा म प्रतिबद्ध छु ।’ उनले केही मानिसले आफूप्रति पूर्वाग्रह राखेर अहिलेको शिक्षा क्षेत्रमा देखिएका समस्यामा मुछ्ने प्रयास गरेको शंका समेत गरेकी छन् । ‘गलत स्वार्थसहित फैलाइएको भ्रमको पछि नलाग्न म अनुरोध गर्दछु,’ उनले भनिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ