हेटौँडाबाट लागुऔषधसहित दुई युवक पक्राउ

nepaltathya_news nepaltathya_news
|
आइतबार, बैशाख ७, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   ७ वैशाख, हेटाैँडा ।
  • प्रहरीले ५ किलो ९४० ग्राम लागुऔषध अफिमसहित १ जना पक्राउ गरेकाे छ ।
  • आइतबार इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरीले हेटाैँडा-१९ नेवारपानीस्थित पूर्व-पश्चिम लोकमार्ग सडकखण्डमा चेकजाँच गर्ने क्रममा चितवनतर्फबाट हेटौँडातर्फ आउँदै गरेको बा.

 

७ वैशाख, हेटाैँडा ।

प्रहरीले ५ किलो ९४० ग्राम लागुऔषध अफिमसहित १ जना पक्राउ गरेकाे छ । आइतबार इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरीले हेटाैँडा-१९ नेवारपानीस्थित पूर्व-पश्चिम लोकमार्ग सडकखण्डमा चेकजाँच गर्ने क्रममा चितवनतर्फबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २८८७ नं. को यात्रुवाहक बसका यात्रु चितवन राप्ती नगरपालिका ११ चितवनका २५ वर्षीय

बाबुराम तामाङलाई पक्राउ गरेकाे हाे । सवारी चेकजाँच गर्ने क्रममा शङ्का लागि खानतलासी गर्दा निज तामाङले तिन वटा पोकामा ५ किलो ९४० ग्राम ला.औ. अफिम झोलाभित्र लुकाएर ल्याएकाे अवस्थामा फेला पारेकाे मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । तामाङमाथि थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ । यसैगरि प्रहरीले लागुऔषधसहित अर्का एक युवकलाई पनि पक्राउ गरेको छ ।

हेटौँडा-१५ पिपलबोटस्थित पूर्व-पश्चिम लोकमार्गमा ना ६३ प ४८७ नं. को मोटरसाइकलमा सवार हेटाैँडा ४ हुप्राचौरका १९ वर्षीय विशाल सार्कीलाई ३ ग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेकाे प्रवक्ता अर्यालले जानकारी दिए । बिशालले मोटरसाइकलकाे अगाडीको चक्कामा कभर राखी उक्त कभर भित्र प्लाष्टिकमा लुकाएर ल्याएकाे अवस्थामा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
यु१९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको खेल रद्द
हुरीले उडाएको उपेशको घरको छानो गाउँलेले हालिदिए
कीर्ते हस्ताक्षर गरेर विद्यालयको २९ लाख झिकेको आरोपमा प्रधानाध्यापक पक्राउ
टी २० विश्वकप : पाकिस्तानलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा
काठमाडौं क्षेत्र नम्बर–२ बाट अनुप बोहराको स्वतन्त्र उम्मेदवारी घोषणा
भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या २ हजार नाघ्यो, १६ जनाको मृ*त्यु
उपत्यकाबाट बाहिरिने सबै नाका पूर्णरुपमा अवरुद्ध, खुलाउने प्रयास जारी
नेपालबाट ११ सय मेगावाटभन्दा बढी विद्युत निर्यात हुन थाल्यो
मन्त्रीका काकाको कारण सशस्त्रमा लफडा