मकवानपुरमा बेपत्ता ६ खेलाडीमध्ये ३ जनाको शव भेटियो

nepaltathya_news nepaltathya_news
|
शनिबार, आश्विन १२, २०८१
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   १२ असोज, काठमाडौँ ।
  • अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरमा संचालन गरेको आवासीय व्यवस्था सहितको प्रशिक्षण केन्द्रका ६ खेलाडी पहिरोमा परेका छन् ।
  • एन्फाले मकवानपुरको इन्द्रसरोवर गाँउपालिका-३ स्थित वात्सल्यदेवी उच्च मा.

 

१२ असोज, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरमा संचालन गरेको आवासीय व्यवस्था सहितको प्रशिक्षण केन्द्रका ६ खेलाडी पहिरोमा परेका छन् ।

एन्फाले मकवानपुरको इन्द्रसरोवर गाँउपालिका-३ स्थित वात्सल्यदेवी उच्च मा.वि. मा सञ्चालन गरिरहेको आवासीय व्यवस्था सहितको प्रशिक्षण केन्द्रमा रहेका ६ जना खेलाडीहरु क्रमश: दिवस बाँनिया, प्रियान्स आचाय, साइमन योञ्जन, अनुपम घलान, विकल रेग्मी, आदिप्य वालमपाकी शनिबार विहान करिब ६: ३० बजे उक्त स्थानबाट अन्यन्त्र तर्फ लाग्ने क्रममा पहिरोमा परेको जानकारी दिएको छ ।

बेपत्ता ६ मध्ये तीन जनाको शव भेटिएको र तीन बेपत्ता रहेका मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिएका छन् ।   एन्फाले यस प्राकृतिक विपत्तिका क्रममा दुर्घटनामा परि सम्पर्क विहिन भएका खेलाडीहरुको खोजी कार्य जारी रहेको र उक्त स्थानमा रहेका अन्य खेलाडीहरु हाल सुरक्षित स्थानमा राखिएको जानकारी गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पौने ७ करोड क्रिप्टो कारोबारको आरोपमा २२ वर्षीय युवक पक्राउ
काठमाडौं महानगरले भोलिदेखि दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स बाँड्दै
आजको लागि विदेशी मुद्राको विनिमय दर
कांग्रेस आकस्मिक बैठक : पूर्वमन्त्री दाहालको निधनप्रति शोक प्रस्ताव पारित
नेपाल प्रहरीमा १ हजार २२३ जनाका लागि नयाँ भर्ना
विद्यालयको कोठामा झुण्डिएको अवस्थामा ७५ वर्षीय चौकीदार मृत फेला
बागबजारमा युवतीको ह*त्या, पूर्व सैनिक पक्राउ
काठमाडौँमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु
उडिरहेको विमानमा एक व्यक्तिले आपतकालिन ढोका खोल्दा १२ जना घाइते। 
पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण