मालिकामा विपन्नको निः शुल्क स्वास्थ्य बिमा

nepaltathya_news nepaltathya_news
|
बिहिबार, बैशाख ४, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • ४ वैशाख म्याग्दी ।
  • म्याग्दीको मालिका गाउँपालिकाले गरिब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन सवास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ ।
  • आर्थिक अवस्था कमजोर गरिब तथा विपन्न नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहजता ल्याउन पालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको हो ।

४ वैशाख म्याग्दी ।

म्याग्दीको मालिका गाउँपालिकाले गरिब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन सवास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ । आर्थिक अवस्था कमजोर गरिब तथा विपन्न नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहजता ल्याउन पालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको हो । गरिब तथा विपन्न, दलित र महिला स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गर्न थालिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख सन्तु कार्कीले जानकारी दिनुभयो । “आठ सय ५७ विपन्न परिवार पहिचान भएका मध्य हालसम्म चार सय ८७ घरपरिवारले स्वास्थ्य बिमामा आवद्ध भएका छन्,” उहाँले भन्नुभयो “सात वटा वडामा कार्यरत ५४ महिला स्वास्थ्य स्वमसेविकाहरुको पनि स्वास्थ्य बिमा गरिएको छ ।” स्वास्थ्य बिमामा आवद्ध हुनेहरुको संख्या बढ्ने क्रममा रहेको स्वास्थ्य शाखा प्रमुख कार्कीले बताउनुभयो ।

स्वास्थ्य बिमाका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा रु. ३३ लाख बिनियोजन गरेको छ । बिमा सहजकर्ताहरुले लाभग्राहीको बिमा गराएपछि स्वास्थ्य बिमा कोषलाई भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । घरधुरी सर्वेक्षण गरेर विपन्न लाभग्राहीहरु पहिचान गरिएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । “आर्थिक अवस्था कमजोर भएका कारण गरिब तथा विपन्न घरपरिवार स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भनेर स्वास्थ्य बिमा गर्न थालेका हौ,” उहाँले भन्नुभयो “यस कार्यक्रमबाट विपन्नको उपचारमा पहुँच बढ्ने र स्वास्थ्यमा सुधार आउने अपेक्षा गरेका छौ ।” पाँच जना सदस्य भएको एउटा परिवारले वार्षिक रु. तीन हजार पाँच सय शूल्क तिरेपछि एक वर्षभित्र सूचिकृत स्वास्थ्य संस्थाबाट रु. एक लाख बराबरको स्वास्थ्य उपचार तथा औषधी निशूल्क पाउँछन् ।

मालिका गाउँपालिकाले सञ्चालन गरेको दरवाङ आधारभूत अस्पताल स्वास्थ्य बिमा कार्यक्रममा सूचिकृत प्राथमिक स्वास्थ्य संस्था हो । म्याग्दीमा प्रादेशिक बेनी अस्पताल पनि स्वास्थ्य बिमा कार्यक्रममा सूचिकृत छ । पाँच जना भन्दा बढी सदस्य रहेका साधरण परिवारको हकमा प्रति सदस्य थप रु सात सय योगदान रकम बुझाउनु पर्नेछ र सेवामा थप प्रति सदस्य थप रु. २० हजार का दरले थप्दै प्रति वर्ष अधिकतम रु. दुई लाख सम्मको सेवा पाउनेछ । एक्स–रे, इसिजी, अल्ट्रासाउण्ड, एम.आर.आई, सिटी स्क्यान, रगतको परिक्षण, साना–ठूला शल्यक्रियाहरु र तोकेको मूल्यमा चश्मा, श्रवणयन्त्र, सेता छडी, वैशाखी लगायतका सेवाहरु बिमा कार्यक्रमबाट पाइन्छ । त्यस्तै, स्वास्थ्य विमा बोर्डले तोकेको सूचिकृत औषधि निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगन्ज नाका हुँदै भित्रिने चार पांग्रे सवारीसाधनको आयात घट्यो
सेवाग्राहीलाई हैरानी दिएपछि अध्यक्षले गरे जिल्ला प्रशासन कार्यालयमा तोडफोड
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज मटकोर
अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध पीडितले दिए उजुरी
सेयर बजारमा झिनो अकंको सुधार,कारोबार रकम साढे ४ अर्ब
तनहुँ बस दुर्घटनाका घाइते भेट्न आज भारतीय मन्त्री आउँदै
इन्जिनियरिङ लाइसेन्स परीक्षामा ४७.१७ प्रतिशत विद्यार्थी पास
एमाले मधेश सरकारबाट समर्थन फिर्ता लिँदै
त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
खानेपानीमन्त्री यादव स्पेन प्रस्थान