वीरगन्ज नाका हुँदै भित्रिने चार पांग्रे सवारीसाधनको आयात घट्यो

nepaltathya_news nepaltathya_news
|
शनिबार, जेठ १७, २०८२
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • १७ जेठ, वीरगन्ज ।
  •   वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा चार पांग्रे सवारीसाधनको आयात घटेको छ ।
  • चालु आवको वैशाखसम्म यो नाका हुँदै एक अर्ब ५३ करोड मूल्य पर्ने ७३५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन् ।

१७ जेठ, वीरगन्ज । 

वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा चार पांग्रे सवारीसाधनको आयात घटेको छ । चालु आवको वैशाखसम्म यो नाका हुँदै एक अर्ब ५३ करोड मूल्य पर्ने ७३५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन् । आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्मको अवधिमा भने दुई अर्ब सात करोड मूल्य पर्ने एक हजार २६७ वटा जीप, कार र भ्यान सवारीसाधन आयात भएर भित्रिएका थिए।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पछिल्लो समय वीरगन्जभन्दा मुलुकका अन्य नाकाबाट धेरै सवारीसाधन आयात हुने बताए । इन्धनबाट चल्ने चार पांग्रे सवारीसाधनको आयात घटेसँगै कार्यालयले प्राप्त गर्ने राजस्वको रकममा पनि गिरावट देखिएको छ । चालु आवको १० महिनामा इन्धनबाट चल्ने चार पांग्रे सवारीसाधनबाट चार अर्ब तीन करोड राजस्व संकलन भएको छ । तर, गत आवको सोही अवधिमा भने चार अर्ब ३९ करोड राजस्व संकलन भएको थियो । चालु आवको १० महिनामा ट्रक, मिनिट्रकको आयात पनि खुम्चिएको छ । सो अवधिमा ५३ करोड मूल्यका २३१ वटा ट्रक, मिनिट्रक आयात भएका छन् । गत आवको सोही अवधिमा भने दुई अर्ब १२ करोड मूल्य पर्ने ७६४ वटा ट्रक तथा मिनिट्रक आयात भएको थियो ।

चालु आवको १० महिनामा विद्युतबाट चल्ने जीप, कार र भ्यानको आयातमा पनि उच्च गिरावट देखिएको छ । सो अवधिमा ४२ करोड मूल्य पर्ने १७४ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ । गत आवको १० महिनामा भने ९५ करोड मूल्यका ४४८ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा २६ थरिका सानारठूला सवारीसाधन गरेर १८ अर्ब ५२ करोड मूल्यका रु दुई करोड १४ लाख ७५ हजार ४७१ वटा सवारीसाधन आयात भएका छन् । ती सवारीसाधन आयात हुँदा कार्यालयले भने १५ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३ दिनपछि बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा ‘केपी’ भेरियन्ट पुष्टि
आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक
बागमतीले ल्यायो ६४ अर्बको बजेट (पूर्णपाठ)
सय किलो भन्दा बढी गाँजासहित दुई पक्राउ
असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी
बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा
नेपालीको उद्धारका लागी नेपाल एयरलाइन्सको जहाज इजरायल पठाइँदै
संविधान र पदीय गरिमा भुल्दा गुम्यो प्रदेश प्रमुख पद
MDMS मा दर्ता नभएकाे मोबाइल फोन आजदेखि बन्द हुदै