संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले थाल्यो आन्दोलन

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र २४, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौँ– गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयता खारेजीका लागि भन्दै राष्ट्रिय जनमोर्चाले सप्ताहव्यापी राजधानी केन्द्रीत आन्दोलन सुरु गरेको छ।
  • आइतबार काठमाडौँको शान्तिबाटीकामा सभा गर्दै राष्ट्रिय जनमोर्चाले सप्ताहव्यापी राजधानी केन्द्रीत आन्दोलनको सुरुवात गरेको हो।
  • यस क्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताए।

 

काठमाडौँ– गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयता खारेजीका लागि भन्दै राष्ट्रिय जनमोर्चाले सप्ताहव्यापी राजधानी केन्द्रीत आन्दोलन सुरु गरेको छ। आइतबार काठमाडौँको शान्तिबाटीकामा सभा गर्दै राष्ट्रिय जनमोर्चाले सप्ताहव्यापी राजधानी केन्द्रीत आन्दोलनको सुरुवात गरेको हो। यस क्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताए।

२४० बर्षको राजतन्त्रमा जनताले दुःख पाएको र देश विकास हुन नसकेको उनले बताए। उनले गणतन्त्रको नाममा सत्तामा बस्नेले लुट्ने काम गरेकाले जनतामा केही असन्तुष्टी देखिएको बताए। केसीले गल्ती गरेकै कारण सत्तामा रहेका दलका नेताहरुमाथि पनि कारवाही भएको जिकिर गरे। उनले मुलुकको राष्ट्रियतामाथिको खतरा बढ्दै गएकाले संघर्ष गरेर नै मुलुकको राष्ट्रियताको रक्षा गर्न सकिने बताए। चैत्र ३० गतेसम्म हुने आन्दोलनका क्रममा विभिन्न स्थानमा प्रदर्शनसहितको सभा गर्ने जनमोर्चाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाडी बुझाएको हो, राजीनामा दिएको होइन: उपसभामुख राना
घनश्याम पक्षीय नेताहरूले निर्वाचन आयोगमा दिए दल दर्ताको निवेदन
अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी तथा निर्णय डिजिटल स्वीकृति हुने
संवैधानिक परिषद्को जटिलता फुकाउन परामर्श
राष्ट्रिय निकुञ्जभित्र जलविद्युत् आयोजनामाथि रोक लगाउन माग गर्दै परेको रिट सर्वोच्च अदालत द्वारा खारेज
गृहमन्त्रीको राजीनामा माग गर्दै सिरहा बजर बन्द
रवि लामिछानेको बयान चल्दै गर्दा रास्वपा र सहकारी पीडितको प्रदर्शन
प्रचण्डजीसँग संसद चलाउने कुरा गर्न खोजें, तर उहाँ चाहनु भएको छैन: प्रधानमन्त्री ओली
भीरबाट लडेर एक महिलाको मृ*त्यु
गणतन्त्र दिवस : वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान