स्वास्थ्य सेवामा डॉ. सचिन यादवको अविस्मरणीय योगदान

nepaltathya_news nepaltathya_news
|
सोमबार, चैत्र ४, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   सर्लाही — राजधानीको सुविधासम्पन्न जीवनलाई त्यागेर मधेश प्रदेशको दुर्गम क्षेत्र मलंगवालाई कर्मथलो बनाउने डॉ.
  • सचिन यादवले प्रादेशिक अस्पताल मलंगवामा उल्लेखनीय सुधार गरेका छन्।
  • प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डॉ.

 

सर्लाही — राजधानीको सुविधासम्पन्न जीवनलाई त्यागेर मधेश प्रदेशको दुर्गम क्षेत्र मलंगवालाई कर्मथलो बनाउने डॉ. सचिन यादवले प्रादेशिक अस्पताल मलंगवामा उल्लेखनीय सुधार गरेका छन्।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डॉ. यादवले भारतीय दूतावासको छात्रवृत्तिमा भारतबाट एमबीबीएस गरेपछि, बाल शल्यचिकित्सामा एक वर्ष हाउस सर्जनका रूपमा काम गरेका थिए। वीरगञ्जस्थित एनएमसीटीएममा एक वर्ष एनेस्थेसिया विभागमा मेडिकल अफिसरको रूपमा सेवा गरेर नेपाल सरकारको स्थायी सेवामा प्रवेश गरेका डॉ. यादवले विगत १२ वर्षमा सल्यान, पर्वत र ताप्लेजुङलगायतका दुर्गम जिल्लामा स्वास्थ्य सेवा र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

ताप्लेजुङमा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तथा जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) का रूपमा दुई वर्ष कार्यरत रहेपछि, उनले केन्द्रीय कारागार अस्पतालमा समेत दुई वर्ष नेतृत्व सम्हाले। यस अवधिमा, उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट प्रसूति तथा स्त्रीरोग विशेषज्ञताको उपाधि हासिल गरेका थिए।

राजधानीमा स्थायी जागिर भए पनि दुर्गम क्षेत्रमा सेवा गर्ने चाहना राखेका डॉ. यादवले सर्लाही जिल्लाको मलंगवालामा रहेको प्रादेशिक अस्पताललाई आफ्नो कार्यक्षेत्र बनाए। उनको नेतृत्वमा अस्पतालले पछिल्लो समय उल्लेखनीय फड्को मारेको छ।

सेवामा उल्लेखनीय सुधार
डॉ. यादवको नेतृत्वमा अस्पतालले २४ घण्टा प्रसूति सेवा सञ्चालन गर्दै आएको छ। जटिल तथा सामान्य प्रसूति सेवा, सिजेरियन सेक्सनलगायतका सेवामा उल्लेखनीय सुधार भएको छ। साथै, सुरक्षित गर्भपतन सेवा अन्तर्गत २८ हप्तासम्मको अनिश्चित गर्भको व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको छ।

पुरुष तथा महिलाका लागि स्थायी बन्ध्याकरण सेवा नियमित रूपमा प्रदान गरिएको छ। OCMC, SSU, MMDP, EWARS, MPDSR जस्ता कार्यक्रमहरूमा समेत व्यापक सुधार गरिएको छ।

नयाँ सेवा विस्तार
अस्पतालमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा व्यवस्थापन सेवा सुरु गरिएको छ। निःसन्तान क्लिनिक सञ्चालन गरी दम्पतीहरूलाई आवश्यक परामर्श र उपचार प्रदान गरिँदै आएको छ। ल्यापारोस्कोपिक सेवा सुरु गर्दै आधुनिक प्रविधिमार्फत शल्यक्रिया सेवा उपलब्ध गराइएको छ।

डॉ. यादवले अल्ट्रासाउन्ड सेवा सम्बन्धी तालिम लिएर अस्पतालमा आधुनिक सेवा प्रदान गरिरहेका छन्। उनी विभिन्न तालिममा प्रशिक्षकका रूपमा समेत संलग्न छन् भने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागी भएर आफ्नो अनुभवलाई थप सुदृढ बनाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने
थाइल्याण्डको लगातार तेस्रो जित, नेदरल्याण्ड्सलाई १७ रनले हरायो
कुलमानका कारण रोकियो रवि-बालेन सहमति
चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
भारतले लगायो पाकिस्तानबाट आयात हुने सामानमा प्रतिबन्ध
सरकारी वकिल कार्यालयबाटै हत्कडीसहित महिला कैदी फरार
९० लाख रुपैयाँ बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ
प्रधानमन्त्रीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित
कास्कीमा निषेधाज्ञा तोडेर रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल