दाङको तुलसीपुरबाट भारत तीर्थ यात्रा गएको गाडी दुर्घटनामा ४ जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   १५ चैत, तुलसीपुर दाङ  ।
  • भारतमा तीर्थ यात्रामा हिँडेका दाङको तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।
  • दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ बिहीबार भारतको बहराइचमा दुर्घटना भएको जनाइएको छ ।

 

१५ चैत, तुलसीपुर दाङ  ।

भारतमा तीर्थ यात्रामा हिँडेका दाङको तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ बिहीबार भारतको बहराइचमा दुर्घटना भएको जनाइएको छ ।

सोही दुर्घटनामा परि गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईँ र सोही वडाका जितबहादुर वलीसहित चारजनाको मृत्यु भएको तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीले जानकारी दिए । अन्य दुई जनाको पहिचान हुन बाँकी छ । अन्य दुई जना पनि तुलसीपुर निवासी नै रहेको वडाध्यक्ष जीसीले बताए । गाडीमा नौ जना सवार रहेको र सबै तुलसीपुरकै रहेको खुलेको छ । गाडीमा सवार अन्य पाँच जना घाइते छन् । उनीहरुको भारतमै उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रत्येक पालिकामा आपत्कालीन गोदामघर व्यवस्थापन गरिने
भँगेराको सङख्या बर्सेनि घट्दो
एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने
भृकुटीमण्डप र शान्तिवाटिका क्षेत्रको सवारी डाइभर्ट, झण्डै ८०० ट्राफिक प्रहरी परिचालित
आवासीय चिकित्सकले आज आकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने
नेतृत्वबारे निर्णय गर्ने अधिकार पार्टी सदस्यलाई मात्रै छ, पत्रकारलाई होइन : प्रचण्ड
कार र मोटरसाइकल ठोक्किंदा आमाको मृत्यु, ३ वर्षीया छोरी घाइते
ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहटका पाँच जना पक्राउ
टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबारे अमरेशको टिप्पणी- घण्टी बज्यो, नेताहरू सच्चिनु पर्छ
विधेयकमा छुटेका यी २५ बुँदा समेट्न शिक्षक सङ्गठनको माग