गर्मी बढेपछि सल्यानका दुई पालिकाले गरे विद्यालय बन्द

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ ३२, २०८१
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  •   ३२ जेठ, सुर्खेत ।
  • गर्मी अत्याधिक बढेपछि सल्यानमा दुई पालिकाले विद्यालय बन्द गरेका छन् ।
  • त्रिवेणी गाउँपालिका र शारदा नगरपालिकाले सूचना प्रकाशन गरेर शुक्रबारदेखि विद्यालय बन्द गरेका हुन् ।

 

३२ जेठ, सुर्खेत । गर्मी अत्याधिक बढेपछि सल्यानमा दुई पालिकाले विद्यालय बन्द गरेका छन् ।

त्रिवेणी गाउँपालिका र शारदा नगरपालिकाले सूचना प्रकाशन गरेर शुक्रबारदेखि विद्यालय बन्द गरेका हुन् । त्रिवेणी गाउँपालिकाले बर्खे बिदाबाट कटौती हुने गरी एक साताका लागि र शारदा नगरपालिकाले तीन दिनका लागि पालिकाभरका विद्यालय बन्द गरेका छन् । गर्मीले विद्यार्थी बेहोस हुने, झाडापखाला, टाउको दुख्नेलगायतका समस्या देखिएपछि विद्यालय बन्द गरिएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले बताए । विद्यार्थी बिरामी भएको र पठनपाठन नै प्रभावित भएपछि विद्यालय बन्द गरिएको शारदा नगरपालिकाकी शिक्षा शाखा प्रमुख संगीता भण्डारीले बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय आयोग नबनेसम्म संसद् बहिष्कार गर्छौं : राप्रपा
सुदूरपश्चिममाथि विराटनगरको सानदार जित
टिपरको ठक्करबाट स्कुटर चालकको मृ*त्यु
गणेश ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
एमाले लुम्बिनी सांसद शर्माविरुद्ध ३ दिन म्याद थप
युगान्डाले नेपाललाई दियो ७७ रनको लक्ष्य
बाढी महाशाखाको चेतावनी: आज यी ११ जिल्ला र आसपास सतर्कता अपनाऔँ
धनुषामा प्रहरी हिरासतमा एकजनाको मृत्यु, अवस्था तनावग्रस्त
काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
मधेश सरकारले एक करोडभन्दा कमका खुद्रे योजना नल्याउने