कार र मोटरसाइकल ठोक्किंदा आमाको मृत्यु, ३ वर्षीया छोरी घाइते

nepaltathya_news nepaltathya_news
|
बिहिबार, माघ १०, २०८१
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  •   १० माघ, काठमाडौं ।
  •   भक्तपुरमा कार र मोटरसाइकल ठोक्किंदा घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
  • मोटरसाइकल चालक भोजपुर घर भइ काठमाडौं पेप्सीकोला बस्ने राजु राईकी श्रीमती सपना राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

१० माघ, काठमाडौं ।  भक्तपुरमा कार र मोटरसाइकल ठोक्किंदा घाइते भएकी एक महिलाको मृत्यु भएको छ । मोटरसाइकल चालक भोजपुर घर भइ काठमाडौं पेप्सीकोला बस्ने राजु राईकी श्रीमती सपना राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत सोमबार मध्यपुरथिमि नगरपालिका-२ दिव्यश्वरीस्थित सडकमा पेप्सीकोलाबाट मगर गाउँतर्फ जाँदै गरेको बा.प्र.०१-०२७च.९२७ नम्बरको कार र सोही दिशातर्फ जाँदै गरेको बा.५० प.७४१ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएकी सपनालाई उपचारका लागि मदरल्याण्ड अस्पताल लिइएको थियो ।

त्यहाँबाट थप उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल लिइएकोमा उपचारका क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।सपनाको शव अस्पतालमै राखिएको छ । दुर्घटनामा घाइते भएकी उनकी तीन वर्षीया छोरी ईश्वरीको सोही अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ । कार चालक रामेछाप सुनापाती गाउँपालिका-१ घर भइ बूढानीलकण्ठ-४ बस्ने ३४ वर्षीय कृष्णप्रसाद गौतमलाई प्रहरी वृत्त ठिमिले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?