कुलमानलाई हटाएपछि काठमाडौँमा सरकारको विरोधमा दिनभर प्रदर्शन

nepaltathya_news nepaltathya_news
|
मंगलबार, चैत्र १२, २०८१
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • १२ चैत, काठमाडौँ ।
  • नेपाल बिधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ हटाएकोमा असन्तुष्टि जनाउँदै काठमाडौँमा बिहानै देखी सुरु भएको प्रदर्शन जारी रहेको छ ।
  • नेकपा एस निकट अनेरास्ववियूले बिहान प्रदर्शन गरेका थिए भने अहिले स्वतन्त्र नागरिकहरूले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् ।

१२ चैत, काठमाडौँ ।

नेपाल बिधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ हटाएकोमा असन्तुष्टि जनाउँदै काठमाडौँमा बिहानै देखी सुरु भएको प्रदर्शन जारी रहेको छ । नेकपा एस निकट अनेरास्ववियूले बिहान प्रदर्शन गरेका थिए भने अहिले स्वतन्त्र नागरिकहरूले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । र, नेकपा माओवादी केन्द्रका जनबर्गीय संगठनहरूले पनि घिसिङलाई हटाएकोमा विरोध गरिरहेका छन् ।

साे क्रममा उर्जामन्त्री दिपक खड्काकाे पुत्लादहनसमेत गरिएकाे छ । हिजो बसेको मन्त्री परिषद् बैठकले घिसिङलाई पदमुक्त गरेर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो, जसको अहिले सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्मा, शेखर कोइरालालगायतले विरोध गरिसकेका छन् ।

प्रतिपक्ष दलहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीलगायतले पनि घिसिङलाई हटाएकोमा आपत्ति जनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभामा रहेका विधेयक अघि बढाउन सरकार तयार
सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको छ :मन्त्री खरेल
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
रविलाई जिल्ला अदालत रुपन्देही पुर्‍याइयो
७ जिल्लाका सीडीओ सहित ११ सहसचिव-उपसचिवको सरुवा
एमाले कर्णाली अधिवेशनको मतगणना सुरु
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने
प्रध्यानाध्यापकको नमुना बिधालय बनाउने सपना रहयो अधुरो 
तीन महिनाभित्रै पेट्रोल–मट्टितेल पनि पाइपलाइबाट ल्याउने तयारी
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश