पोखराबाट अपहरणमा परेकी अमेरिकन नागरिकको उद्दार, एक जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
बिहिबार, चैत्र १४, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १४ चैत, नेपालस्थित अमेरिकी राजदूतावासले पोखराको होटलबाट आफ्नो देशकी वृद्धा अपहरणमा परेको खबर दिएको दुई दिनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरले अपहरणमुक्त गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार , काठमाडौंस्थित अमेरिकी राजदूतावासले अमेरिकन राहदानी वाहक ७० वर्षीया वृद्धालाई गत सोमबार पोखरा महानगरपालिका वडा नं.
  • ६ लेकसाईडस्थित एक होटलबाट अपहरणमा परेको खबर प्राप्त गरेको थियो ।

 

१४ चैत,

नेपालस्थित अमेरिकी राजदूतावासले पोखराको होटलबाट आफ्नो देशकी वृद्धा अपहरणमा परेको खबर दिएको दुई दिनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरले अपहरणमुक्त गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार , काठमाडौंस्थित अमेरिकी राजदूतावासले अमेरिकन राहदानी वाहक ७० वर्षीया वृद्धालाई गत सोमबार पोखरा महानगरपालिका वडा नं. ६ लेकसाईडस्थित एक होटलबाट अपहरणमा परेको खबर प्राप्त गरेको थियो ।

अपहरणकारीले फिरौती बापत तीन लाख युरो मागिएको पनि कास्की प्रहरीलाई जानकारी गराइएको थियो । अनुसन्धान गर्दै प्रहरीले ती वृद्धालाई अपहरण गरेको आरोपमा एक जना महिलालाई पनि पक्राउ गरेको छ । अपहरण गरेको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ४ बस्ने वर्ष ३७ की सरिता लामालाई प्रहरीले पक्राउ गरेको हो । आफ्नो साथीहरुसंग मुक्तिनाथ मन्दिर भ्रमणको लागि नेपाल आएकी ती अमेरिकी वृद्धा अपहरणमा परेको सूचना पाउना साथ नेपाल प्रहरीको केन्द्रीय  अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय

मकवानपुरको संयुक्त टोलीले ती अपहरणमा परेकी अमेरिकी वृद्धालाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १९ नेवारपानीबाट अपहरणमुक्त गरेको प्रहरीले जनाएको छ । हाल जिल्ला प्रहरी कार्यालय हिरासतमा रहेकी सरिता लामाविरुद्ध कास्की जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य बीमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने
वैदेशिक रोजगार कार्यालयका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
प्रधानमन्त्री प्रचण्ड चीनमा : यस्तो छ एक हप्ताको कार्यक्रम
कुलमान घिसिङको तीन वर्षे उपलब्धि सार्वजनिक (पूर्णपाठ)
नक्कली सुनको मूर्ती बेचेर २१ लाख ठगी, आरोपी पक्राउ
झापा र मोरङमा मानव-हात्ती द्वन्द्वको जोखिम बढ्यो
सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो
शिक्षक महासङ्घबाट देशभरका विद्यालयमा आमहड्ताल
मोटरसाइकल र स्कुटर एकआपसमा ठोकिँदा एक जनाको मृत्यु
नेपाली सैनिक वार कलेजमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु