कुलमानबारे राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको जवाफ माग

nepaltathya_news nepaltathya_news
|
बुधबार, चैत्र १३, २०८१
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   १३ चैत, काठमाडौं ।
  • नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको जवाफ माग भएको छ ।
  • दिउँसो सवा १ बजे बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उठेर विरोध गरे ।

 

१३ चैत, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको जवाफ माग भएको छ । दिउँसो सवा १ बजे बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उठेर विरोध गरे । त्यसपछि सभाध्यक्ष नारायण दाहालले माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामी सार्कीलाई बोल्न समय दिए ।

उनले सरकारले पुरस्कृत गर्नुपर्ने घिसिङलाई दण्डित गरिएको भन्दै आपत्ति जनाए । अगाडि भने, ‘जबसम्म सम्माननीय प्रधानमन्त्रीले योा सदनमा आएर स्पष्टीकरण दिनुहुन्न तबसम्म सदन नचलाइयोस् ।’ प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ । यही अडान लिएर विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा पनि अवरोध गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल प्रहरीका ६३ एसपीहरूको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
यस पटक पनि सबैको नजर सफल पूर्व कप्तान महेन्द्र सिंह धोनीमा हुने छ [ धोनीले आइपीएल खेल्ने ]
विद्युत् परियोजना उद्घाटन गर्न भुटान पुगे नरेन्द्र मोदी
दोस्रो अभ्यास खेलमा महिला यू-१९ टिमले अमेरिकाविरुद्ध ब्याटिंग गर्दै
रुसद्वारा युक्रेनका थप बस्तीहरु नियन्त्रणमा लिएको दाबी
राष्ट्रिय स्वाधीनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड
पर्सामा अवैध चोरी तस्करी रोक्न ‘सिसी क्यामेरा’ जडान
सरकारी निकायलाई नयाँ गाडी किन्न अर्थको सहमति अनिवार्य
दुई वटा संसदीय समितिको बैठक बस्दै ,यस्तो छन् कार्यसूची
नेपाली बलर चम्केपछि मलेसिया ९० रनमा अलआउट