नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेः देउवा

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, श्रावण ९, २०८२
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • ९ साउन, काठमाडौं ।
  • नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेको बताउनुभएको छ ।
  • शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

९ साउन, काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आज संविधान सबैका लागि स्वीकार्य भएको र संशोधन आवश्यकताअनुसार गर्नुपर्ने बताउनु भयो । राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई राख्नुपर्ने कुराहरुका बारेमा छलफल भइरहेको बतउनु भयो ।

नाममा नेपाल कम्युनिष्ट पार्टी भएपनि तल व्यवहारतः सबै पार्टीहरुले डेमोक्रेटिक सोसलिस्ट पार्टीको रुमपा काम गरिरहेको बताउनु भयो ।
सभापति देउवाले भन्नुभयो, ‘आज संविधान सबैका लागि स्वीकार्य भएको छ । केही कुराहरु संविधान संशोधन गर्नुपर्छ भन्ने आवाज उठेका छन् । स्वभाविक कुरा हो । आवश्यकताअनुसार संविधानको संशोधन हुन्छ नै । कतिपय कुरामा अहिले राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई राख्नुपर्छ भन्ने धारणा ओलीजीको छ । त्यो हाम्रो पनि कुरा हो । नाममा नेपाल कम्युनिष्ट पार्टी भएपनि तल व्यवहारतः सबै पार्टीहरु डेमोक्रेटिक सोसलिस्ट पार्टीको रुमपा काम गरिरहेका छन् । काममा डेमोक्रेटिक सोसलिस्ट भइसकेपछि आफ्नो पार्टीमा कतिपय कुरा ढाल्न गाह्रो होला उहाँहरुलाई तर विस्तारै विस्तारै ढालिसकेका छन् ।

कम्युनिष्ट सिद्धान्तबाट डेमोक्रेटिक सिद्धान्तमा ढालिसकेका छन् । त्यसैले नेपाल सानो देश भएपनि सबै पार्टीहरुको देश भएको छ । हामी अझै पनि ग्रासरुटमा बलियो भइसकेका छैनौँ । अहिलेको संविधान अत्यन्तै राम्रो छ । समावेशी छ । तर कुनै पार्टीको पनि बहुमत आउन गाह्रो छ । बहुमतका लागि कुनै न कुनै पार्टीसँग मिल्नुपर्नेछ । एक्लै हाँक्छु भनेर पनि नमिल्ने, लचिलोपन ल्याउनुपर्ने, कम्परमाइज गर्नुपर्ने आवश्यकता छ ।’ सभापति देउवाले काँग्रेस प्रजातान्त्रिक पार्टी भएपनि अझै तल्लो स्तरमा पुग्न नसकेको स्वीकार गर्नुभयो । उहाँले अहिलेको संविधान राम्रो भएपनि कोहीसँग नमिली र लचिलोपन नदेखाइ बहुमत ल्याउन गाह्रो रहेको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्ति
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
धनगढीमा झण्डै ३ केजी चरेससहित एम्बुलेन्स चालक पक्राउ
राष्ट्रिय दलित पत्रकार संघ बाराले गरे निर्वाचित दलित पत्रकारहरुलाई समान
दाङको तुलसीपुरमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
महाधिवेशनमार्फत नै पार्टीमा नयाँ दृष्टिकोण र विश्वास बढ्छ: विश्वप्रकाश शर्मा
टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
विद्युत् प्राधिकरण कठिन परिस्थितिमा छ : हितेन्द्रदेव शाक्य