राजावादीको जुलुसमा आदित्यनाथको फोटो हामीले राखेका हैनौँ: प्रधानमन्त्री ओली

nepaltathya_news nepaltathya_news
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २६ फागुन, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको राजवादीहरूको जुलुसमा भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो आफूहरूले नराखेको बताएका छन्।
  • सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जुलुसमा विदेशीको फोटो राख्नुपर्ने नाजुक अवस्थामा आफूहरू नरहेको बताए।
  • ‘एउटा जुलुस निकाल्नुपर्‍यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौँ।

 

२६ फागुन, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको राजवादीहरूको जुलुसमा भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो आफूहरूले नराखेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जुलुसमा विदेशीको फोटो राख्नुपर्ने नाजुक अवस्थामा आफूहरू नरहेको बताए।

‘एउटा जुलुस निकाल्नुपर्‍यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौँ। अलोकतान्त्रिक, प्रणाली विरोधी र असंवैधानिक कुरामा लाग्ने हामीलाई फुर्सद छैन। हामी हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा छौँ,’ उनले भने। आइतबारको राजसंस्था पक्षधरहरूको जुलुसमा योगी आदित्यनाथको पनि तस्बिर देखिएको थियो। राजतन्त्र पक्षधरहरूले उक्त तस्बिर एमालेकै नेताहरूको निर्देशनमा राखिएको हुनसक्ने आशंका व्यक्त गरेका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले आदित्यनाथको फोटो प्रधानमन्त्री ओलीकै निर्देशनमा राखिएको आरोप लगाएका थिए। ‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओली ज्यूको निर्देशनमा प्रधानमन्त्री ज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ,’ शाहीले फेसबुकमा लेखेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ