सरकार कमिसनखोर व्यापारीको पक्षपोषणमा लाग्यो : सांसद ढकाल

nepaltathya_news nepaltathya_news
|
बिहिबार, फाल्गुन २२, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २२ फागुन, काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकार कमिसनखोर व्यापारीहरूको पक्षपोषण गरिरहेको आरोप लगाएका छन् ।
  • प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद ढकाललले यस्तो आरोप लगाएका हुन् ।

 

२२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकार कमिसनखोर व्यापारीहरूको पक्षपोषण गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद ढकाललले यस्तो आरोप लगाएका हुन् । उनले खाना पकाउने ग्यासको कमिसन वृद्धिमा उद्योगमन्त्री नै संलग्न हुँदा उपभोक्ताहरु समस्या परेको पनि बताए ।

व्यवसायी, ढुवानीकर्ता र बिक्रेताबीच हुने विवादको मार आम उपभोक्ताले खेप्नु परेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए । ‘कति वर्ष भयो घरघरमा ग्यासको पुर्‍याउने भनेको ? मैले मात्र सुनेको हो कि अन्य माननीयज्युले पनि सुन्नुभएको हो,’ उनले भने, ‘दश वर्षजति त भएछ त ? अनि जसले बिजुली चुलोको नीतिहरु बनाउँदै थियो उसलाई कारबाही गर्न सरकार तयार भएर बसेको छ ।’ उनले सरकार विद्युतीय चुलो ल्याउने नीति बनाइरहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन तयार भएर बसेको समेत आरोप लगाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?