तिलोत्तमामा कारको ठक्करबाट विद्यार्थीको मृत्यु

nepaltathya_news nepaltathya_news
|
बिहिबार, फाल्गुन २२, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   रुपन्देहीको तिलोत्तमामा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
  •   ज्यान गुमाउनेमा गुल्मीको रुरु गाउँपालिका–३ घर भई हाल बुटवल बसेर मणिग्रामस्थित शान्ति नमूना माविमा पढ्ने १९ वर्षीय रोशन परियार रहेका छन् ।
  • घरबाट स्कूल जाँदै गर्दा परियारले चलाएको लु ५६ प १९६१ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान बा २० च १७५४ नम्बरको कारले ठक्कर दिएको थियो ।

 

रुपन्देहीको तिलोत्तमामा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।  ज्यान गुमाउनेमा गुल्मीको रुरु गाउँपालिका–३ घर भई हाल बुटवल बसेर मणिग्रामस्थित शान्ति नमूना माविमा पढ्ने १९ वर्षीय रोशन परियार रहेका छन् ।

घरबाट स्कूल जाँदै गर्दा परियारले चलाएको लु ५६ प १९६१ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान बा २० च १७५४ नम्बरको कारले ठक्कर दिएको थियो ।कारको ठक्करबाट गम्भीर घाइते परियारका उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिए ।  उनले कार र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए । परियार कक्षा १२ मा अध्ययनरत थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?