कसले के गर्दा नेपाल ग्रे लिस्टमा पर्‍यो, छिट्टै सदनमा प्रस्तुत गर्छु : अर्थमन्त्री पौडेल

nepaltathya_news nepaltathya_news
|
बिहिबार, फाल्गुन २२, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   २२ फागुन, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल ग्रे लिस्टमा पर्नुको सचित्र वर्णन सदनमा प्रस्तुत गर्ने प्रतिवद्धता जनाएका छन्।
  • बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले नेपाल ग्रे लिस्टमा अहिलेको सरकारको कारण नभइ यसअघिको सरकारले गरेका कामहरुको नतिजाले परेको बताएका हुन्।
  • उनले कसले के काम गर्दा नेपाल ग्रे लिस्टमा पर्‍यो भन्नेबारेमा संसदमै सचित्र वर्णन गर्ने बताए।

 

२२ फागुन, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल ग्रे लिस्टमा पर्नुको सचित्र वर्णन सदनमा प्रस्तुत गर्ने प्रतिवद्धता जनाएका छन्। बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले नेपाल ग्रे लिस्टमा अहिलेको सरकारको कारण नभइ यसअघिको सरकारले गरेका कामहरुको नतिजाले परेको बताएका हुन्। उनले कसले के काम गर्दा नेपाल ग्रे लिस्टमा पर्‍यो भन्नेबारेमा संसदमै सचित्र वर्णन गर्ने बताए।

उनले कुनकुन कालखण्डमा कसले कसले के गरेका छन्? कुन कालखण्डमा के भयो र नेपाल ग्रे लिस्टमा भएन? कुन कालखण्डमा कसले काम गर्‍यो र यो ग्रे लिस्टमा पर्‍यो भन्नेकुराको वर्णन छिटै गर्ने पनि बताए। उनले भने, ‘नेपाल ग्रे लिस्टमा परेको कुरा गर्नुभयो। ग्रे लिस्टको सम्बन्धमा मैले हिजो पनि भनेको छु। नेपालले खासगरी सम्पती शुद्धिकरणको अफवादमा संलग्न हुनेहरुको बिरुद्धमा कस्तो कस्तो अभ्यास, कानूनी प्रवन्ध, नियमावलीको व्यवस्था गरेको छ। कस्तो संरचना निर्माण भएको छ। कुनकुन कालखण्डमा कसले कसले के गरेका छन्। कुन कालखण्डमा के भयो र नेपाल ग्रे लिस्टमा भएन? कुन कालखण्डमा कसले काम गर्‍यो र यो ग्रे लिस्टमा पर्‍यो भन्नेकुराको म सचित्र वर्णन सम्मानित सभा समक्ष गर्न चाहन्छु।’

उनले थपे, ‘यो ग्रे लिस्ट यो सरकार आएपछिको ग्रे लिस्ट होइन। यो सरकार आएपछि मुलुक ग्रे लिस्टमा गएको होइन। यो ग्रे लिस्टको नतिजा त इक्जाम सकिएर रिजल्ट तयार भइसकेको थियो। त्यो परीक्षा भएर नतिजा तयार भएको कुरा फ्रान्समा टाँसिएको हो। हिजो कुन समयमा के काम हुनुपर्ने हो त्यो काम नभएका कारण भएको हो। सम्पती शुद्धिकरण सम्बन्धी अपराधलाई नियन्त्रण गर्ने सिलसिलामा नेपालले आउने दिनमा प्रभावकारी ढंगले काम गर्दछ।’ दुई वर्षको समय नलिइ छोटो समयमै ग्रे लिस्टबाट बाहिर आउने प्रक्रियामा नेपाल रहेको मन्त्री पौडेलले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?