प्रधानमन्त्री ओली गृह जिल्ला झापा आउदै

nepaltathya_news nepaltathya_news
|
शनिबार, आषाढ २८, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २८ असार, काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदै हुनुहुन्छ ।
  • प्रधानमन्त्री झापा आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

२८ असार, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदै हुनुहुन्छ । प्रधानमन्त्री झापा आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । झापासँग सिमा जोडिएको ईलामको माई नगरपालिकामा आयोजना हुने कार्यक्रम बाहेक दुई दिन झापामा विभिन्न कार्यक्रमहरु राखिएको छ । नेकपा एमाले झापाका सचिव एवम् प्रधानमन्त्री ओलीका उपस्वकीय सचिव तुलसी कार्कीका अनुसार शनिबार बिहान  ११ः३० बजे झापाको भद्रपुर विमानस्थल भएर ओली झापा आउनुहुनेछ ।

उहाँका अनुसार शनिबार र आइतबार झापामा विभिन्न कार्यक्रमहरु तय भएको छ । बुद्धशान्ति गाँउपालिकामा अस्पतालका उद्घाटन, कन्काई नगरपालिकामा धनीपुर्जा वितरण कार्यक्रम शनिबारका लागि तय भएको बताइएको छ । यसैगरी, आइतबार प्रधानमन्त्री ओलीले दमकमा विश्व बैंकको लगानी र दमक नगरपालिकाले ठेक्का लगाएर बनाइएको मदनडाँगी ताराबारी डिपु नमुना सडकको स्तरउन्नती कार्यको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसैगरी बहुप्रतिक्षित गौरीगन्जको रतुवा खोलाको उद्घाटन कार्यक्रम पनि आइतबार राखिएको कार्कीले जानकारी दिनुभयो । सोही दिन बिर्तामोडको सिटी सेन्टरमा कार्यकर्ताहरुलाई सम्बोधन गरेर प्रधानमन्त्री ओली काठमाडौँ फर्कनुहुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभा कार्यव्यवस्था समितिको बैठक सिंहदरबारमा, महत्वपूर्ण एजेण्डामाथि छलफल
स्वीकृत भयो निजीकण (पहिलो संशोधन) अध्यादेश
संविधान संशोधन गर्न सर्वदलीय समिति गठन गरौँ : उपसभापति गुरुङ
आजको मौसम: सुदूरपश्चिम र कर्णालीमा आंशिक बदलीको सम्भावना
बालिकादेखि वृद्धा महिलासम्म असुरक्षित महशुस गर्नुपर्ने अवस्था राष्ट्रकै लागि लाजमर्दो हो, सरकार गम्भिर बनोस्ः सांसद सापकोटा
मानव जीवनका लागि ऊर्जा अक्सिजन सरह : ऊर्जामन्त्री खड्का
साताव्यापी चीन भ्रमणमा जाँदै पूर्वराष्ट्रपति भण्डारी
प्रधानमन्त्री ओलीले दिए थाइल्यान्डका समकक्षीलाई नेपाल भ्रमणको निम्तो
बानेश्वरमा संसद् बैठक राखेर बालुवाटारमा सत्तापक्ष
अख्तियार विधेयक अघि बढाउन विपक्षी दलहरूको माग