जनकपुरमा पार्किङमा राखिएको बस चोरी
सारांश
- २४ पुस, जनपुरधाम।
- जनकपुरधामको बसपार्कबाट एउटा बस चोरी भएको छ ।
- ना ४ ख २३२७ नवदुर्गा ट्राभल्स चोरी भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
२४ पुस, जनपुरधाम। जनकपुरधामको बसपार्कबाट एउटा बस चोरी भएको छ ।
ना ४ ख २३२७ नवदुर्गा ट्राभल्स चोरी भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । जनकपुरदेखि महोत्तरीको भिठामोडसम्म चल्ने यो बस हिजो बस पार्कमा पार्किंङ गरी राखिएको थियो । सो बस महोत्तरीको पिपरा गाउँपालिका ३ बस्ने कालिन्द्र मिश्राको रहेको छ । डिएसपी अवालेका अनुसार अरू जिल्लामा बेवारिसे अवस्थामा रहेको जानकारी आएकोले थप बुझ्ने प्रयास भइरहेको छ । आज अपराहन्न ४ बजे बसपार्कमा जाँदा बस नदेखेपछि उजुरी आएको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया