सरकारी कार्यालयहरू चुस्त दुरुस्त बनाउन प्रजिअ अधिकारीद्वारा धमाधम छड्के

nepaltathya_news nepaltathya_news
|
मंगलबार, फाल्गुन २०, २०८१
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • अमरेश कुमार पाण्डे २० फागुन, बारा ।
  • सरकारी कार्यालयहरू कार्यालय समयमा कर्मचारी उपस्थिति नहुने तथा सेवाग्राहीहरुको कामकाजमा ढिला सुस्ती हुने कार्यालयहरुमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले धमाधम छड्के गरीरहेका छन्।
  • सोहि यातायात व्यवस्था कार्यालय कलैया बारामा सोमबार प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाराको प्रमुख एवम् प्रहरी उपरीक्षक सँतोष तामाङ र जिल्ला प्रहरी कार्यालय बाराको नायब सुब्बा अरुण साह सहितको टोलिले छड्के गरेका छन्।

अमरेश कुमार पाण्डे

२० फागुन, बारा । सरकारी कार्यालयहरू कार्यालय समयमा कर्मचारी उपस्थिति नहुने तथा सेवाग्राहीहरुको कामकाजमा ढिला सुस्ती हुने कार्यालयहरुमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले धमाधम छड्के गरीरहेका छन्। सोहि यातायात व्यवस्था कार्यालय कलैया बारामा सोमबार प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाराको प्रमुख एवम् प्रहरी उपरीक्षक सँतोष तामाङ र जिल्ला प्रहरी कार्यालय बाराको नायब सुब्बा अरुण साह सहितको टोलिले छड्के गरेका छन्।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वको टोलिले छड्के गर्दा यातायात को बाहिर नै मेडिकल रिपोर्ट बेच्ने ऐजेन्टहरु डाक्टरको हस्ताक्षर र स्टाम्प मात्र भएको मेडिकल रिपोर्ट बेच्ने भेटाएका छ। उक्त ऐजेन्टहरु सवारी चालक अनुमतिपत्र पत्रको बायोमेट्रिक गर्न जाने सेवाग्राहीहरुसँग मौखिक सोधपुछ मात्र गरी रु दुई सयमा मेडिकल रिपोर्ट बेच्ने गरेको तिनलाई पक्राउ समेत गरेका छन्। साथै मेडिकल रिपोर्ट दुई जना डाक्टर भेटिएकाले उक्त डाक्टरहरु हस्ताक्षर र स्टाम्प साँचो हो कि होईन भनि अनुसन्धान गर्ने प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले यस दैनिकलाई बताएका छन्।

साथै डाक्टरहरु हस्ताक्षर र स्टाम्प साँचो भएमा उक्त डाक्टरहरु कार्वाही गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने प्रजिअ अधिकारीले बताएका छन्। यसरी बिना चेकजाँचको ऐजेन्टहरु मौखिक सोधपुछको अधारमा मेडिकल रिपोर्ट बेच्ने गरेको गैर कानुनी रहेको बताएका छन्। साथै यातायात व्यवस्था कार्यालय कलैयामा सरसफाई लगायत पार्किङको राम्रो ब्यवस्था नभएकोले कर्मचारीहरुलाई त्यो सबै मिलाउन निर्देशन समेत दिएको जानकारी प्रजिअ अधिकारीले दिएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराको प्रमुख एवम् प्रहरी उपरीक्षक सँतोष तामाङसँग यस बिषयमा कुरा गर्दा हामि छड्के गर्दा तिनलाई पक्राउ गरेका छौ। तर उनिहरु मुख्य मानिस नभएकोले अनुसन्धान पछी जिल्ला प्रशासन कार्यालय बाराको सहमति अनुसन्धानको क्रममा जुनसुकै बेला कार्यालयमा उपस्थिति हुने शर्तमा रिहा गरीने बताएका छन्।

त्यस्तै यातायात व्यवस्था कार्यालय कलैयाको कार्यालय प्रमुख अबिन्दर दाससँग कुरा गर्दा सोमबार बिहान नै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई मेडिकल रिपोर्ट बारे जानकारी गराएको बताएका छन्। मौखिकको अधारमा कार्यालयको मात्र बदनामी हुने गरेको छ। सोहि अनुसार प्रजिअ अधिकारी नेतृत्वको टोलिले अनुगमन गर्नुभएको छ। साथै हामि एक दुई दिनमा मेडिकल रिपोर्टको लागि टेन्डर आह्वान गर्न गईरहेका छौं। अधिकारीक डाक्टरबाट टेण्डर सकार भएपछि यातायात कार्यालयको नामबाट हुने ७० प्रतिशत बदनामी कम हुने दाबी गरेका छन्।

यसरी नै प्रजिअ अधिकारीले मालपोत कार्यालय कलैया , नापि कार्यलय कलैया , मालपोत कार्यालय सिमरा , प्रादेशिक अस्पाताल कलैया र आयुर्वेद अस्पताल कलैयामा आफै पुगि छड्के गरी सकेका छन्। प्रहरी अधिकारीले छड्के गर्दा भेटिएको समस्याहरु समाधान समेत गर्दै हिडेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?