राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, माघ ९, २०८२
|
|
९ पटक हेरिएको
Shares

सारांश

  •   ९ माघ, काठमाडौं ।
  •    राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त पञ्चमी ) को अवसरमा शुक्रबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन् ।
  • सो अवसरमा हनुमानढोका हेरचाह अडडाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टिका, माला र फूलप्रसाद प्रदान गरेका थिए ।

 

९ माघ, काठमाडौं ।  

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त पञ्चमी ) को अवसरमा शुक्रबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन् । सो अवसरमा हनुमानढोका हेरचाह अडडाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टिका, माला र फूलप्रसाद प्रदान गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेका थिए भने नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।

सो समारोहमा प्रथम महिला सबिता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखसहित विशिष्ट महानुभावहरूको उपस्थिति थियो । वसन्त पञ्चमीका अवसरमामा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिने प्रचलन छ । यस अवसरमा वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ