सशस्त्रका ६४० जवानलाई सहायक हवल्दारमा बढुवा गर्न सिफारिस

nepaltathya_news nepaltathya_news
|
शनिबार, माघ १९, २०८१
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • १९ माघ, काठमाडौँ ।
  • सशस्त्र प्रहरीका ६४० जवानलाई सहायक हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ ।
  • साधारण समूह, साधारण उपसमूहतर्फ हाल रिक्त रहेका एवं माथिल्लो पदमा बढुवा नियुक्ति पश्चात् रिक्त हुन आउने सशस्त्र प्रहरी सहायक हवल्दार पद संख्या ६४० मा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) बमोजिम बढुवा सिफारिस गरिएको हो ।

१९ माघ, काठमाडौँ ।

सशस्त्र प्रहरीका ६४० जवानलाई सहायक हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ । साधारण समूह, साधारण उपसमूहतर्फ हाल रिक्त रहेका एवं माथिल्लो पदमा बढुवा नियुक्ति पश्चात् रिक्त हुन आउने सशस्त्र प्रहरी सहायक हवल्दार पद संख्या ६४० मा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) बमोजिम बढुवा सिफारिस गरिएको हो ।

बढुवा समितिको शुक्रबारको निर्णयअनुसार सशस्त्र प्रहरी जवानहरूलाई सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस गरिएको सूचनामा उल्लेख छ ।  बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी जवानहरूले उक्त नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ