आशिका तामाङ धरौटीमा रिहा, हुने बित्तिकै फेरि पक्राउ

nepaltathya_news nepaltathya_news
|
मंगलबार, माघ १५, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १५ माघ,  अभद्र व्यवहारमा मुद्दामा पक्राउ परेकी आशिका तामाङ १० हजार धरौटीमा रिहा भएकी छन् ।
  • उनलाई १० हजार धरौटीमा छाड्ने निर्णयसँग छोडिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
  •   तर उनी रिहा हुने बित्तिकै फेरि पक्राउ परेकी हुन् ।

 

१५ माघ,  अभद्र व्यवहारमा मुद्दामा पक्राउ परेकी आशिका तामाङ १० हजार धरौटीमा रिहा भएकी छन् । उनलाई १० हजार धरौटीमा छाड्ने निर्णयसँग छोडिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।  तर उनी रिहा हुने बित्तिकै फेरि पक्राउ परेकी हुन् ।

सोमबार आशिकालाई धरौटी बुझाएपछि प्रहरीले फेरि पक्राउ गरेर भक्तपुर लागेको छ । उनीविरुद्ध भक्तपुरमा पनि अभद्र व्यवहार मुद्दा दर्ता भएकोले पक्राउ गरेर भक्तपुर लागिएको प्रहरीले जनाएको छ । उनलाई माघ २ गते प्रहरी वृत्त गौशालाले पक्राउ गरेको थियो । पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा उनी पक्राउ परेकी थिइन् । भक्तपुरको जगातीस्थित प्रहरी वृत्तमा पनि उनीविरुद्ध मुद्दा भएका कारण उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?