वीरगञ्ज नाकाबाट एक अर्ब बढीको छुर्पी निर्यात

nepaltathya_news nepaltathya_news
|
बिहिबार, भाद्र ५, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ५ भदौ, वीरगञ्ज ।
  • मुलुुकको प्रमुख नाका वीरगञ्जबाट विदेशमा कुकुर र बिरालोको खानाका रूपमा प्रयोग गरिने छुर्पीको निर्यात ह्वात्तै बढेको छ ।
  • वीरगञ्ज नाका हुदैं गत आर्थिक वर्ष २०८१|८२ मा मात्रै १ अर्ब २० करोड रुपियाँ मूल्य बराबरको ६ सय ८० मेट्रिक टन छुर्पी तेस्रो मुलुकहरूमा निर्यात भएको छ ।

५ भदौ, वीरगञ्ज ।

मुलुुकको प्रमुख नाका वीरगञ्जबाट विदेशमा कुकुर र बिरालोको खानाका रूपमा प्रयोग गरिने छुर्पीको निर्यात ह्वात्तै बढेको छ । वीरगञ्ज नाका हुदैं गत आर्थिक वर्ष २०८१|८२ मा मात्रै १ अर्ब २० करोड रुपियाँ मूल्य बराबरको ६ सय ८० मेट्रिक टन छुर्पी तेस्रो मुलुकहरूमा निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०|८१ मा भने वीरगञ्ज नाका हुँदै ६८ करोड रुपैयाँ मूल्य बराबरको ३ सय ७५ मेट्रिक टनमात्रै छुर्पी तेस्रो मुलुकहरूमा निर्यात भएको थियो । त्यसअघिको आर्थिक वर्ष २०७९|८० मा भने वीरगञ्ज नाका हुँदै २६ करोड ६३ लाख रुपै्रयाँ मूल्य बराबरको २ सय ६८ मेट्रिक टन छुर्पी विदेशमा निर्यात भएको थियो ।

वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१|८२ मा अघिल्लो आर्थिक वर्ष २०८०|८१ को भन्दा ७६ प्रतिशतले बढी अर्थात् ५२ करोड बढी मूल्यको छुर्पी विदेशमा निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । नेपालको इलाम, ताप्लेजुङ, संखुवासभा, धनकुटालगायतका पहाडी जिल्लाहरूमा उत्पादित छुर्पी वीरगञ्ज नाकाबाट विदेशमा निकासी हुने गरेको वीरगञ्ज भन्सार कार्यालयका सुचना अधिकारी अमित तिवारीले जानकारी दिनुभयो । नेपालमा उत्पादित छुर्पी अमेरिका, अस्ट्रेलिया, क्यानडा,ब्राजिल, चीन, चेक रिपब्लिक, फिनल्यान्ड, फ्रान्स, ग्रिस, बलायत, इटाली, न्युजिल्यान्ड, नेदरल्यान्ड, जापानलगायत २७ वटा मुलुकमा निर्यात हुने गरेको छ ।

त्यसमा पनि सबै भन्दा बढी निर्यात अमेरिकामा हुने गरेको तिवारीले बताउनुभयो । तेस्रो मुलुकहरूमा घरपालुवा कुकुर र बिरालोले नेपाली छुर्पीको स्वाद रुचाएपछि नेपालबाट छुर्पीको माग बढ्दै गएको हो । भन्सार बिन्दुबाट छुर्पी ‘कुकुर वा बिरालोको खाना’ शीर्षकमा विदेशमा निकासी हुन्छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी तिवारीले विदेशमा घरमा कुकुर र बिरालो पाल्नेहरूले नेपाली छुर्पीलाई मासुको विकल्पको रूपमा प्रयोग गर्ने गरेको छ । उनका अनुसार, चौपायाको हड्डी भन्दा छुर्पी नरम हुने तथा कुकुर र बिरालोले स्वादिलो मानेर खाने गरेकाले नेपाली छुर्पीको माग तेस्रो मुलुकमा बढ्दै गएको हो ।

यसैबीच वीरगञ्ज भन्सार कार्यालयले चालूू आर्थिक वर्षको पहिलो साउन महिनामा १८ अर्ब ३९ करोड ६७ लाख रुपियाँ राजस्व संकलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय एउटै कार्यालयमा गाभिएपछि सो राजस्व संकलन भएको हो । गत साउन १ गतेदेखि दुवै कार्यालयले एउटैमा गाभिएर सेवा प्रवाह गर्दै आइरहेका छन् । कार्यालयका अनुसार चालू आवको साउन महिनाको मासिक लक्ष्यको ८७ दशमलव ६८ प्रतिशत राजस्व संकलन भएको छ ।

भन्सार विभागले कार्यालयलाई साउन महिनामा २० अर्ब ९८ करोड २१ करोड रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले गत आवको साउन महिनामा भने १५ अर्ब ९२ करोड रुपियाँ राजस्व संकलन गरेको थियो । विभागले कार्यालयका लागि वार्षिक २ खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘एक हप्ताको लागि भएपनि संसद व्यूताएर संविधानमा संसोधन गरेर निर्वाचनमा जानुपर्छ’
राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति
ओलीलाई ५ वर्षअघिको फैसला सम्झाउँदै बालेनले भने – त्यतिबेला किन मौन बसेको ?
खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो :राष्ट्रपति रामचन्द्र पौडेल
फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल
माछा पोखरीमा डुबेर एक बालिकाको मृत्यु, एकको उद्धार
दाङमा गोरुले हान्दा एक जनाको मृत्यु
काठमाडौं उपत्यकाका नदीनाला स्वच्छ बनाउँछाै‌ : मन्त्री सिंह
माइतीघरमा शिक्षकहरुको विरोध प्रदर्शन