वीरगन्ज महानगरको बजेट बढ्यो, पर्यटन, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

nepaltathya_news nepaltathya_news
|
सोमबार, आषाढ ९, २०८२
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • ९ असार, वीरगन्ज ।
  • वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ।
  • सोमबार आयोजित वीरगन्ज महानगरपालिकाको नगरसभाको १७ औँ अधिवेशनमा महानगरका उपमेयर इम्तियाज आलमले आगामी आर्थिक वर्षका लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित आयव्ययसहितको बजेट प्रस्तुत गरेका हुन्।

९ असार, वीरगन्ज ।

वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ। सोमबार आयोजित वीरगन्ज महानगरपालिकाको नगरसभाको १७ औँ अधिवेशनमा महानगरका उपमेयर इम्तियाज आलमले आगामी आर्थिक वर्षका लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित आयव्ययसहितको बजेट प्रस्तुत गरेका हुन्।

वीरगन्ज महानगरले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा झण्डै ३३ करोड बढी बजेट ल्याएको छ। चालु आर्थिक वर्षका लागि वीरगन्ज महानगरको बजेट २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँको थियो । आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख ४९ हजार अर्थात् कूल बजेटको ७०.२४ प्रतिशत, पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख अर्थात् कूल बजेटको २८.६४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख अर्थात् १.१२ प्रतिशत रहेको उल्लेख छ।  आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतहरुमा आन्तरिक राजश्वबाट एक अर्ब १५ करोड, संघीय अन्तर सरकारी

वित्तीय हस्तान्तरणबाट एक अर्ब ३७ करोड ३० लाख, संघीय राजश्व बाँडफाँटबाट २३ करोड ७८ लाख, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८८ हजार, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १३ हजार, घरजग्गा रजिष्ट्रेशन शुल्क बापत २५ करोड र नगद मौज्दाबाट १५ करोड व्यहोरिने उपमेयर आलमले बताए। नगरसभामा बजेट प्रस्तुत गर्दै उपमेयर आलमले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरसफाइ, वातावरण संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाहलाई का प्राथमिकतामा राखिएको बताए। त्यसअघि नगरसभामा महानगरका मेयर राजेशमान सिंहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। वीरगन्ज महानगरपालिकाको नीति तथा कार्यक्रममा वीरगन्जको पर्यटन प्रवर्द्धन गर्ने केही महत्वकांक्षी योजनाहरुपनि समावेश गरिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विमानस्थल अब ८ घण्टामात्र बन्द
खोलानदीको मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन
निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ
निर्वाचनका लागि सहयोग गर्ने चीनको प्रतिबद्धता
मौसम महाशाखाको २४ घण्टे चेतावनी: सतर्कता अपनाउनू
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिंदा २ जना बेपत्ता
केरलको पहिरोमा एक नेपाली पनि परे, मृतकको संख्या ३६ पुग्यो
१६ वर्षीया किशोरीसँग विवाह गर्दै गरेको अवस्थामा सुनसरीबाट ३ चिनियाँसहित ८ जना पक्राउ
५ दलले बुझाए समानुपातिकको बन्दसूची, कसका कति उम्मेदवार ?