प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
सारांश
- ४ भदौ, काठमाडौं ।
- आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।
- सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे बैठक बस्न लागेको हो ।
४ भदौ, काठमाडौं ।
आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ ।
बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी ( पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । बैठकमा मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ ।


प्रतिक्रिया