जसपा नेपालका जिल्ला अध्यक्ष रायसहित ६५ जनाको सामूहिक राजीनामा

nepaltathya_news nepaltathya_news
|
शनिबार, माघ १२, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   सर्लाही, माघ ११ – जनता समाजवादी पार्टी नेपाल सर्लाहीका अध्यक्ष बीरेन्द्र राय यादवले पार्टीको साधारण सदस्यताबाट समेत राजीनामा दिएका छन्।
  • अध्यक्ष रायले एक विज्ञप्ति जारी गर्दै पार्टीको जिम्मेवारी र सदस्यताबाट माघ ५ गते नै राजीनामा दिएको भए पनि स्वीकृत नभएकाले आफूले स्वतः पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
  • प्रेस विज्ञप्ति    उनले पार्टीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आफूले अब जसपामा नबस्ने स्पष्ट पारेका छन्।

 

सर्लाही, माघ ११ – जनता समाजवादी पार्टी नेपाल सर्लाहीका अध्यक्ष बीरेन्द्र राय यादवले पार्टीको साधारण सदस्यताबाट समेत राजीनामा दिएका छन्। अध्यक्ष रायले एक विज्ञप्ति जारी गर्दै पार्टीको जिम्मेवारी र सदस्यताबाट माघ ५ गते नै राजीनामा दिएको भए पनि स्वीकृत नभएकाले आफूले स्वतः पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

प्रेस विज्ञप्ति 

 

उनले पार्टीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आफूले अब जसपामा नबस्ने स्पष्ट पारेका छन्। रायको राजीनामा घोषणासँगै सर्लाहीमा जसपाको संगठन ठूलो धक्का लागेको छ। अध्यक्ष रायसँगै पार्टीका ६५ अन्य सदस्यले सामूहिक राजीनामा दिएका छन्।

 

राजीनामा दिनेहरूमध्ये जिल्ला कार्यसमितिका सदस्य सतिश कुमार साह, सुरुज देव दास, ब्रहम्पुरी गाउँपालिका‌ नगर अध्यक्ष नागेन्द्र यादव, उपाध्यक्ष रामचन्द्र राय, सचिव राजाराम राय, सहसचिव मनिष साह, सदस्य भाग्यनारायण साह, कारी राय, रामविहारी पासवानलगायत छन्।

 

सामुहिक राजीनामा

 

यस घटनाले सर्लाहीमा जसपाको संगठनमा गहिरो संकटको संकेत दिएको छ। राजीनामा दिने नेताहरूले पार्टीभित्रको गुटबन्दी, नेतृत्वको उदासीनता र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नयाँ विकल्प खोज्ने तयारी गरेको बताइएको छ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभर मनसुनी वायुको प्रभाव : यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
‘फिल्मी शैली’मा छुटे बलात्कार आराेपित: न्यायका लागि अदालत धाउँदै पीडित
रविको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा
एनपीएल ट्रफी टुर : जानकी मन्दिरमा पूजापाठसँगै टुर सुरु
परराष्ट्रमन्त्री राणाद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई बालुवाटार बोलाए
एनपीएल च्याम्पियन जनकपुरको ४ दिने ‘ट्रफी परेड’
एनपीएलः आज कर्णाली र काठमाडौं भिड्दै
चट्याङ लागेर गोरखामा एकको मृत्यु, दुईजना घाइते
समानुपातिकतर्फ रास्वपा साढे ४९ लाख नजिक, अरुको मत कति ?