शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदहरूको माग

nepaltathya_news nepaltathya_news
|
सोमबार, बैशाख १५, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १५ वैशाख, काठमाडौं ।
  • सांसदहरूले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाउन माग गरेका छन् ।
  • सोमबार प्रतिनिधिसभामा आकस्मिक र शून्य समयमा बोल्दै उनीहरूले शिक्षकको आन्दोलन लम्बिँदा विद्यार्थीहरूको भविष्य अन्योलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

 

१५ वैशाख, काठमाडौं ।

सांसदहरूले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभामा आकस्मिक र शून्य समयमा बोल्दै उनीहरूले शिक्षकको आन्दोलन लम्बिँदा विद्यार्थीहरूको भविष्य अन्योलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् । शिक्षक आन्दोलनको माग सम्बोधन गर्नतर्फ सरकार अग्रसर हुनुपर्ने उनीहरूको आग्रह छ ।

साथै शिक्षकको माग सम्बोधन र शिक्षा ऐन निर्माणको विषयमा शिक्षामन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने उनीहरूको माग छ । कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले लोकतान्त्रिक सरकारले आन्दोलनरत पक्षमाथि दमन नभएर उनीहरूको माग सम्बोधनमा ख्याल गर्नुपर्ने बताए । नेकपा एमालेका सांसद सूर्य थापाले संयमित भएर आन्दोलन गर्न शिक्षकहरूको ध्यानाकर्षण आग्रह गरे । शिक्षकसँग विभिन्न सहमति गरेर कार्यान्वयन नगर्ने प्रवृत्तिले अहिलेको समस्या निम्तिएको भनेर सरकारको ध्यानाकर्षण गरे । राप्रपाकी सांसद रोशन कार्कीले शिक्षकमाथि दमन भएको भन्दै त्यसको विरोध गरिन् । शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाउन माग गरिन् ।

माओवादी सांसद देवेन्द्र दाहालले शिक्षकलाई सम्मान गर्नुपर्नेमा सरकारले दमन गरिरहेको भनेर विरोध गरे । सरकार गम्भीर हुँदा शिक्षा ऐन बनाउन समय नलाग्ने भन्दै सकारात्मक वातावरणका लागि आग्रह गरे । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले शिक्षकहरूको माग पूरा नहुनुमा पछिल्ला तीन सरकार जिम्मेवार रहेको बताए । ‘पछिल्ला तीन वटा सरकारले पटक–पटक गरेका सरकारले गरेका सम्झौता कार्यान्वयन गर्ने र धोका दिने गर्दा समस्या भएको हो,’ उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले राज्य अधिनायकबाद तर्फ हिँडिरहेको भान भएको बताइन । उनले भनिन्, ‘राज्य अधिनायकवाद तर्फ हिँडिरहेको हो कि भन्ने भान भइरहेको छ । सरकार बहुमतको अत्याचारतिर त गइरहेको छैन ?’ पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेकी सांसद श्रेष्ठले शिक्षक आन्दोलनमा दमन भएको भन्दै सरकारको ध्यानाकर्षण गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज पुनः भैरहवामै आकस्मिक अवतरण। 
बागमती प्रदेशसभाको सर्वदलीय बैठक सुरु
बर्दियामा एक महिलाको हत्या, एकजना पक्राउ
बालेन शाहले गरे ऐतिहासिक सिंहद्वार उद्‌घाटन
सर्लाहीमा नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ
प्रमुख प्रशासकीय अधिकृत यादव कार्यालयमा हाजिर, नगर प्रमुखले गरे स्वागत
कारोबारमा संलग्न नभएको छविको दाबी, प्रहरीले भेट्यो हस्ताक्षरसहितको चेक
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ
इटहरीस्थित पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी
५ वटा विधेयक अघि बढाउँदै प्रतिनिधि सभा