जय ट्रफी; बागमतीविरुद्ध मयन यादवले बनाए अर्धशतक

nepaltathya_news nepaltathya_news
|
सोमबार, पौष २२, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   २२ पुस,  काठमाडौं ।
  • जय ट्रफी एलिट कप क्रिकेटको दोस्रो दिन बागमती प्रदेशविरुद्ध मधेसका मयन यादवले अर्धशतक पूरा गरेका छन् ।
  • जनकपुरस्थित रामजानकी मल्टिपर्पस स्टेडियममा जारी खेलमा मधेसका लागि दोस्रो इनिङ्समा मयनले ५३ बलमा ५० रन पूरा गरेका हुन् ।

 

२२ पुस,  काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटको दोस्रो दिन बागमती प्रदेशविरुद्ध मधेसका मयन यादवले अर्धशतक पूरा गरेका छन् । जनकपुरस्थित रामजानकी मल्टिपर्पस स्टेडियममा जारी खेलमा मधेसका लागि दोस्रो इनिङ्समा मयनले ५३ बलमा ५० रन पूरा गरेका हुन् ।

सो क्रममा उनले ६ चौका र १ छक्का प्रहार गरे । जय ट्रफीको यो दोस्रो अर्धशतक हो । यसअघि अर्को खेलमा नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबका सोमपाल कामीले ७३ बलमा अर्धशतक प्रहार गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?