प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

nepaltathya_news nepaltathya_news
|
आइतबार, आषाढ १, २०८२
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • १ असार, काठमाडौं ।
  •   सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।
  • बैठक आज बिहान ११ बजे संसद् भवन नयाँवानेश्वरमा बस्नेछ ।

१ असार, काठमाडौं । 

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ११ बजे संसद् भवन नयाँवानेश्वरमा बस्नेछ । आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको “पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ बैठकमा पेस गर्नेछन् । यसैगरी, उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आगामी आर्थिक २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् । बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने बताइएको छ ।

प्रतिनिधि सभा बैठकमा गृह मन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरण छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै रास्वपा र राप्रपाले भने विरोध जनाउँदै आएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) शुक्रबार सत्तापक्ष दलहरूसँग दुई बुँदे सहमति गरी संसद खुलाउन तयार भएको थियो । सहमतिपछि शुक्रबार नै गृह मन्त्री रमेश लेखकले भिजिट भिसालाई लिएर आफूमाथि लगाइएको आरोप’bout संसदमा स्पष्टीकरण दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशमा विपदमा काम गर्न ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते तालिम
पशुपतिनाथमा तिजको तयारी पूरा, बिहान ३ बजेदेखि चारवटै ढोका खोलिने
हमासद्वारा विपीनसहित चार बन्धकको श*व फिर्ता
आज मन्त्रिपरिषद्को बैठक बस्दै
कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमै खेलकुद मन्त्रीलाई देखाए कालो झण्डा
बंगलादेशमा विमान दुर्घटना : मृतकको संख्या २७ पुग्यो, १७१ जना घाइते
वर्तमान सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्छ: मन्त्री खरेल
कारागारभित्रै सीप सिकेर कमाउँछ कैदीबन्दीहरू
अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भेटे
प्रहरीसँगको झडपमा शिक्षक घाइते भएपछि महासंघले बोलायो आकस्मिक बैठक