२१ केजी चरेस सहित तीन जना प्रहरी नियन्त्रणमा

nepaltathya_news nepaltathya_news
|
आइतबार, पौष २८, २०८१
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   २८ पुस,  मकवानपुर– जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम, चरेस र गाजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
  • प्रहरीका अनुसार उनीहरू सवार दुई वटा भारतीय कारलाई पनि नियन्त्रणमा लिइएको छ ।
  • गएराति करिब २ बजे आसपासमा थाहा नगरपालिका–११ टिस्टुङ नौखनडेस्थित त्रिभुवनराजपथमा इलाका प्रहरी कार्यालयले भारतीय नम्बर प्लेट डिएल ८ सिएक्स १२२४ को कार जाँचका क्रममा २१ केजी चार सय ६० ग्राम चरेस, तीन केजी चार सय ७० ग्राम अफिमसहित कारमा सवार भारतीय हरियाणा राज्री जिल्ला हिसार गोविन्दनगर बस्ने २५ वर्षीय कुनाल गोथ्वाल र सोही ठाउँका २० वर्षीय मनिस कुमारलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

 

२८ पुस,  मकवानपुर– जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम, चरेस र गाजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरू सवार दुई वटा भारतीय कारलाई पनि नियन्त्रणमा लिइएको छ ।

गएराति करिब २ बजे आसपासमा थाहा नगरपालिका–११ टिस्टुङ नौखनडेस्थित त्रिभुवनराजपथमा इलाका प्रहरी कार्यालयले भारतीय नम्बर प्लेट डिएल ८ सिएक्स १२२४ को कार जाँचका क्रममा २१ केजी चार सय ६० ग्राम चरेस, तीन केजी चार सय ७० ग्राम अफिमसहित कारमा सवार भारतीय हरियाणा राज्री जिल्ला हिसार गोविन्दनगर बस्ने २५ वर्षीय कुनाल गोथ्वाल र सोही ठाउँका २० वर्षीय मनिस कुमारलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

साथै आज बिहान ५ः३० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टमा चितवनबाट वीरगञ्ज जाँदै गरेको भारतीय नम्बर प्लेट डिएल १३ सी १५६१ को कार जाँच गर्दा एक सय एक केजी गाजासहित पर्सा वीरगञ्ज महानगरपालिका–२६ अठराह सुगौलीका २० वर्षीय राजन राउत कुर्मीलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरू उपर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
अब सीटीईभीटीमा प्रवेश परीक्षा दिनु नपर्ने, एसईईकै ग्रेडिङको आधारमा विद्यार्थी छनोट
कैलाली र कञ्चनपुरबाट खैरो हेरोइनसहित ९ जना पक्राउ
सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने मन्त्रिपरिषद्को निर्णय
कृषि मन्त्री गिता चौधरीले गरिन् पदबहाली
जाजरकोट भूकम्पका ३ सय ८० भन्दा बढी परकम्प
काठमाडौं महानगरका तत्कालीन इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा, श्रीमतीको नाममा रहेको सम्पत्ति जफतको माग
ठाकुरराम क्याम्पसमा एक हप्तादेखि रोकिएको मतगणना सुरु
नवलपरासी १ को समस्या र संभावना नजिकबाट बुझेको छु : विनोद चौधरी
आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा