सरकारी निकायका १० वेबसाइट ह्याक

nepaltathya_news nepaltathya_news
|
शनिबार, पौष २०, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं ।
  • सरकारी निकायका १० वेबसाइट ह्याकरको कब्जामा रहेको पाइएको छ ।
  • ह्याक हुनेमा अधिकांश कर्णाली प्रदेश अन्तर्गतका विभिन्न निकायका छन् ।

 

काठमाडौं । सरकारी निकायका १० वेबसाइट ह्याकरको कब्जामा रहेको पाइएको छ । ह्याक हुनेमा अधिकांश कर्णाली प्रदेश अन्तर्गतका विभिन्न निकायका छन् ।  सामाजिक सञ्जाल लिङ्क्डइनमा एक पोस्ट राख्दै साइबर सुरक्षा अनुसन्धानकर्ता रोदन महर्जनले यस विषयमा जानकारी दिएका छन् ।

महर्जनका अनुसार यी वेबसाइट ‘वाईएनआर’ नामबाट परिचित ह्याकरको समूहले नियन्त्रणमा लिएको हो । “तपाईंको व्यक्तिगत पहिचानयोग्य जानकारी कत्तिको सुरक्षित छ ?,” उनले लेखेका छन्, “नेपालमा हालै सरकारका वेबसाइटहरूमा भएको ह्याकिङ (defacement) एक समूह ‘वआईएनआर’द्वारा गरिएको पहिचान भएको छ ।” ह्याक भएका वेबसाइटमा ह्याकरको टोलीले आफ्नो लोगो र ह्याक भएको सूचना राखेको छ ।

यी हुन् ह्याक भएका १० सरकारी वेबसाइट!

१) भू तथा जलाधार व्यवस्थापन कार्यालय

२) सामाजिक विकास कार्यालय कालिकोट

३) परियोजना कार्यान्वयन एकाइ गमगढी, मुगु

४) मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन ओत केन्द्र भैरहवा, रूपन्देही

५) पीडीएफ कर्णाली

६) बृहत दाङ उपत्यका सिंचाइ आयाेजना

७) वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंज, बाँके

८)प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र, हेटौडा

९) शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

१०) पशु सेवा तालिम केन्द्र नेपालगञ्ज

ह्याक भएका केही साइटबाट ह्याकरको जानकारी हटाइएको भए पनि अधिकांश वेबसाइटमा यथावत छ । हालै मात्र यसरी नै नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइट ह्याक भएको पाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?