देउवाको सन्देश : ओलीलाई धोका दिन्नँ, ०८४ सम्मै सहकार्य जान्छ

nepaltathya_news nepaltathya_news
|
शनिबार, पौष २०, २०८१
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं, २० पुष ।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेसँगको सहकार्य ०८४ को निर्वाचनसम्मै कायम हुनेमा निश्चिन्त छन् ।
  • उनले आफूलाई भेट्न आउने नेताहरुसँगपनि अहिले सरकार दायाँबायाँ नहुने र कांग्रेस–एमाले सहकार्य ०८४ को निर्वाचनसम्म नै कायम रहने बताउने गरेका छन् ।

 

काठमाडौं, २० पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेसँगको सहकार्य ०८४ को निर्वाचनसम्मै कायम हुनेमा निश्चिन्त छन् । उनले आफूलाई भेट्न आउने नेताहरुसँगपनि अहिले सरकार दायाँबायाँ नहुने र कांग्रेस–एमाले सहकार्य ०८४ को निर्वाचनसम्म नै कायम रहने बताउने गरेका छन् ।

आज (शनिबार) आफूलार्इृ भेट्न आएका नेताहरुसँगको भेटवार्तामा देउवाले एमालेलाई धोका नदिने अडान दोहोर्याएका थिए । भेटमा सहभागी एक नेताकाअनुसार देउवाले अहिले सरकारले ठीक ढंगले काम गरेको भन्दै सरकारको विकल्प खोज्नेबारे सोच्न नसकिने बताएका हुन् ।देउवाको भनाई उद्धृत गर्दै ती नेताले भने,‘सरकार ठीक ढंगले चलेको छ । हामी ७ बुँदेप्रति इमानदार छौं । सहमतिबाट म दायाँबायाँ हुन्नँ ।

कसैको दबाबले यो सरकार ढाल्ने पक्षमा म छैन् । म बाट केपी ओलीलाई कुनै हालतमा धोका हुँदैन् ।’कांग्रेसकै कतिपय प्रभावशाली नेताहरुले एमालेसँगको सहकार्यबारे प्रश्न उठाइरहेको बेलामा सभापति देउवा भने एमालेसँगको सहकार्य सहमतिबमोजिम जानेमा ढुक्क छन् । उनले ओलीपछि आफूले सरकारको नेतृत्व लिने र आफ्नै नेतृत्वमा आम निर्वाचन सम्पन्न गरेर सक्रिय राजनीतिबाट आफूले विश्राम लिने पनि सुनाउने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भृकुटीमण्डपमा २२ घण्टा लामो मतदान, ९८ प्रतिशत सहभागिता
प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप
सहकारी ठगीमा चन्द्रागिरि-१२ का वडाध्यक्ष पक्राउ
दोस्रो एकदिवसीयमा आयरल्यान्डले नेपाललाई दियो १७५ रनको लक्ष्य
सर्लाहीमा बेपत्ता युवक पोखरीमा मृ*त भेटिए
निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल जारी
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने  
३ दिनमा सर्लाहीसहित यी ९ जिल्लामा बाढीको ठूलो सम्भावना, सतर्कता अपनाउनुहुन अनुरोध