डेंगीबाट झापामा दुई जनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र २४, २०८१
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  •   २४ भदौ , झापा ।
  • कोशी प्रदेशमा डेंगीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन्।
  • यस अवधिमा डेंगी संक्रमणका कारण झापामा दुई जनाको मृत्यु भएको छ।

 

२४ भदौ , झापा । कोशी प्रदेशमा डेंगीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन्।यस अवधिमा डेंगी संक्रमणका कारण झापामा दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालयका डेंगी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेंगीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजंग बस्नेत छन्।झापामा साउन १ गतेयता संक्रमितको संख्या १२८ पुगिसकेको छ। कोशी प्रदेशमा यसअवधिमा सबैभन्दा बढी मोरङमा संक्रमितको संख्या ५३२ पुगेको छ भने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेंगीका संक्रमित धेरै पाइएको छ। ताप्लेजुङमा भने डेंगीको एकजना पनि संक्रमित पाइएको छैन। स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेंगीको संक्रमण भएको छ।यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुंगामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँचजना, खोटाङमा चारजना र तेह्रथुममा दुईजनामा डेंगी संक्रमण भएको पाइएको छ। गत वैशाखदेखि नै कोशी प्रदेशका अधिकांश जिल्लामा डेंगीको संक्रमण फैलिन थालेको थियो। वैशाखदेखि असारसम्म कोशीमा तीन सय ८६ जनामा डेंगी संक्रमण भइसकेको थियो। झापामा साउन १ गतेयता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेंगीको संक्रमण भेटिएको छ।त्यसपछि दमकमा २२ जनामा संक्रमण पुष्टि भयो भने हल्दिबारीमा सातजना र भद्रपुरमा पाँचजनामा डेंगीको संक्रमण भेटिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एयर इन्डिया विमान दुर्घटना : पूर्वमुख्यमन्त्रीसहित सबै २४२ यात्रुको मृत्यु
त्रिभुवन विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने
बिम्स्टेक शिखर सम्मेलन सुरु
सहकारी ठगी प्रकरण : ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा प्रहरीको पत्र
मधेशमा अत्यधिक वर्षा, २४ घण्टामा रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा
मेची राजमार्ग अवरुद्ध, तमोर करिडोरमा पहिरो
पत्रकार महासंघ महाधिवेशन: उम्मेदवारी दर्ता स्थगित
तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु
‌बारा प्रहरी द्धारा रुपेशको मुख्य आरोपी सिंह पक्राउ
देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण संकलन गरिँदै