दक्षिण कोरियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुग्यो

nepaltathya_news nepaltathya_news
|
आइतबार, पौष १४, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १४ पुस,  काठमाडौं ।
  • दक्षिण कोरियामा भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२० पुगेको छ ।
  • आइतबार बिहान पौने १२ सम्ममा मृत्यु हुनेको संख्या १२० पुगेको बीबीसीको समाचारमा उल्लेख छ ।

 

१४ पुस,  काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२० पुगेको छ । आइतबार बिहान पौने १२ सम्ममा मृत्यु हुनेको संख्या १२० पुगेको बीबीसीको समाचारमा उल्लेख छ । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान अवतरणका क्रममा एक विमान दुर्घटनामा परेको हो ।

सो विमानमा १८१ जना सवार थिए । जसमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य थिए । जेजु एयरको यो विमान बैंककबाट दक्षिण कोरिया फर्किरहेको बताइएको छ । विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो । दक्षिण कोरियाको दमकल विभागका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारीअनुसार दुई जना जीवितै फेला परेका छन् र उनीहरूलाई उद्धार गरिएको छ ।

समाचार एजेन्सी योनहापकाअनुसार विमानमा सवार १७३ यात्रु दक्षिण कोरियाका र दुईजना थाइल्याण्डका थिए । दमकल विभागले जारी गरेको विज्ञप्तिमा एक यात्रु र एकजना चालक दलका सदस्यलाई बचाइएको बताइएको छ । ३२ दमकल र ८० कर्मचारी घटनास्थलमा पठाइएको विभागले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौँ महानगरमा शैक्षिक मेला
सर्लाहीमा कारको ठक्करबाट वृद्धा महिलाको मृ*त्यु
जुवा खेलेको भन्दै नुवाकोटको होटलबाट २२ जना पक्राउ, करिब ११ लाख बरामद
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी
प्रदेश अस्पताल सुर्खेतमा २५ लाख भ्रष्टाचार, लेखा अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा
कालिकोटमा विद्यालयका प्रधानाध्यापक मृ*त अवस्थामा फेला
कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मृ*त्यु, क्याप्टेन बेपत्ता
कञ्चनपुर कारागारमा तनाव, ८ जना घाइते
कमला बचाऔं अभियानलाई साथ दिने लामिछानेको वचन
वल्र्डलिंकले ल्यायो ‘स्मार्ट कोम्बो डिल’