विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौँ महानगरमा शैक्षिक मेला

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, फाल्गुन १६, २०८१
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   १६ फागुन,  काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका विद्यालयमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव र सिकेका ज्ञान बाँड्नका लागि ‘शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ।
  • कामपाले यही फागुन १६ र १७ गते प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा ‘काठमाडौँ शैक्षिक मेला २०८१’ आयोजना गर्ने प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका हुन्।
  • कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहभागी विद्यालय र सङ्घसंस्थासँग सहकार्य हुने बताउँदै उनले विद्यालय शिक्षाको नवप्रवर्तन स्तरोन्नतिका लागि मेलाले कोशेढुङ्गा स्थापित गर्ने, आगामी कार्यक्रमका लागि आयामिक पृष्ठपोषण प्रदान गर्ने अपेक्षा लिइएको उनको भनाइ थियो।

 

१६ फागुन,  काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका विद्यालयमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव र सिकेका ज्ञान बाँड्नका लागि ‘शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ।

कामपाले यही फागुन १६ र १७ गते प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा ‘काठमाडौँ शैक्षिक मेला २०८१’ आयोजना गर्ने प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका हुन्। कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहभागी विद्यालय र सङ्घसंस्थासँग सहकार्य हुने बताउँदै उनले विद्यालय शिक्षाको नवप्रवर्तन स्तरोन्नतिका लागि मेलाले कोशेढुङ्गा स्थापित गर्ने, आगामी कार्यक्रमका लागि आयामिक पृष्ठपोषण प्रदान गर्ने अपेक्षा लिइएको उनको भनाइ थियो।

निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीका अनुसार मेलामा शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरूको क्षमता विकासलगायत कार्यक्रमको विम्ब मेलामा समेटिने छन्। प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीले नवीनतम सिकाइ गतिविधि प्रदर्शन गर्नेछन्। ‘बुक फ्री फ्राइडे’अन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमामार्फत रूचि र नतिजा प्रदर्शन गर्ने छन्।

शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी पाहुनालाई अवलोकनका लागि निमन्त्रणा गरिएको मेलामा सामुदायिक विद्यालयले दिवा खाजाका रूपमा रू ३० उपलब्ध गराउने खाजा १० वटा स्टलबाट सबैलाई रू ३० नै उपलब्ध गराइने छ। यस्तै नेपाल भाषाको सिकाइ विधि, मौलिक संस्कृति, वेशभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति समावेश गरिनेछ।  कामपामा ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार तीन सय २९ विद्यार्थी र पाँच सय २४ वटा संस्थागत विद्यालयमा दुई लाख १० हजार नौ सय ३४ गरी दुई लाख ७२ हजार दुई ६३ जना विद्यार्थी अध्ययनरत छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित
प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन
भारतमा आजदेखि साउथ समिट सुरु, साँझ प्रचण्डले सम्बोधन गर्ने
महानगरविरूद्ध चरणबद्ध आन्दोलन गर्ने सडक व्यापारीको घोषणा
बैतडीको बडिया र कणेलीगाउँमा खानेपानीको समस्या
अनलाइन जुवा खेलाउने भारतीय नागरिकसहित २४ जना पक्राउ
बेलायतका लागि नेपाली राजदूत घिमिरेद्वारा पदभार ग्रहण
जेनजीमाथि धोका भएको भन्दै माइतीघर पुगेका डा. निकोलस भुसाल पक्राउ
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने
‘तीनकुने हिंसा’लाई लिएर राप्रपामा विवाद, पार्टी दुई धारमा विभाजित