नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, पौष २७, २०८०
|
|
१५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदका लागि पार्टीका संरक्षक रेशम चौधरी उम्मेदवार उठेका छन् ।
  • कैलालीको टिकापुरमा जारी महाधिवेशनमा आज नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता कार्यक्रम जारी रहेको छ ।

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदका लागि पार्टीका संरक्षक रेशम चौधरी उम्मेदवार उठेका छन् ।

कैलालीको टिकापुरमा जारी महाधिवेशनमा आज नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता कार्यक्रम जारी रहेको छ । अहिलेसम्म अध्यक्ष पदमा रेशम चौधरीको उम्मेदवारी मात्र परेको नागरिक उन्मुक्ति पार्टीका एक नेताले बताए । हालसम्म निवर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठको उम्मेदवारी परेको छैन । यद्यपि उनी पनि अध्यक्षका लागि आकांक्षी हुन् । नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । सोहीअनुसार अन्य पदमा पनि उम्मेदवारी दिनेक्रम सुरु भएको छ । महाधिवेशनबाट पार्टी अध्यक्षसहित एकजना सहअध्यक्ष, एकजना महासचिव, सातजना सचिव, सातजना उपाध्यक्ष, सातजना सहसचिव र एकजना कोषाध्यक्ष गरी ३३ पदाधिकारी चयन हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विशेष अदालतको दुई फैसलाविरुद्ध अख्तियार सर्वोच्च अदालतमा
बाढीपहिरोले १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
एसजेवीएनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग
इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
तीनकुने घटनाको सबै जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ : कांग्रेस
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
काठमाडौँसहित देशका विभिन्न ठाउँमा एकैदिन ८ व्यक्ति मृत फेला, ७ जना पुरुष
सत्य, धर्म र न्यायको विजयको प्रतीक दसैँ : राष्ट्रपति
सरकारको औचित्य पूर्ण रुपमा सकियो : कांग्रेस नेता कोइराला
बाल संगठनको अनियमिततामा मुद्दा चलाउन महान्यायाधिवक्ताको निर्देशन